दोलखामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

 आवाज संवाददाता     ३१ बैशाख २०७७, बुधबार

बैशाख ३१, चरिकोट । उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीमा गए राती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती करिब १२ बजे टिपर दुर्घटनामा परेर भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीका २९ वर्षिय चालक अशोक कुमार थामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार हुन नसकी बुधबार बिहान २ बजे धुलिखेल अस्पताल लाँदा लाँदै बाटोमै बिहान साढे ५ बजे मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरिक्षक रेशम बोहोराले जानकारी दिए ।

सिंगटी बजारबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा४ख ४७४४ नम्बरको टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । सो टिपरमा चालक थामी मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।