तरुण दल दोलखाको क्षेत्रीय अध्यक्षका लागि भोलि मतदान

 आवाज संवाददाता     ५ भाद्र २०७३, आईतवार

नेपाल तरुण दल दोलखाको क्षेत्रीय अध्यक्षका लागि भोलि मतदान हुने भएको छ । अन्य सबै पदमा सर्वसम्मत भए पनि सबै दुवै क्षेत्रमा अध्यक्षमा सहमति हुन नसक्दा सोमबार विहान ७ बजेदेखि निर्वाचन कार्याक्रम सुरु हुने भएको छ । दुवै क्षेत्रको क्षेत्रीय अधिवेशन पार्टी कार्यालय चरिकोटमा चलिरहेको छ ।
क्षेत्रीय अध्यक्षमा भने २ क्षेत्रमा गरी ८ जनाको उम्मेद्वारी परेको निर्वाचज समिति सदस्य बलराम शिवाकोठीले जानकारी दिए । अध्यक्षका प्रत्यासीहरु तर्फ क्षेत्र नं १ मा उमेश योगी, कामसर्की शेर्पा, धनबहादुर योञ्जन, विजय खड्का र विशाल कार्की रहेका छन् । त्यस्तै क्षेत्र नं २ तर्फ लामिडाँडाका पदमराज पाठक, ङावा शेर्पा र भीम बहादुर लामा चुनावी प्रतिस्पर्धामा छन् ।
निर्विरोध निर्वाचित हुने उम्मेद्वारहरुमा क्षेत्र नम्बर १ बाट केन्द्रीय प्रतिनिधि चन्द्रगणेश काफ्ले र २ बाट तिलक थापा निर्वाचित भएका छन् ।
त्यस्तै पदाधिकारीहरु तर्फ क्षेत्र नं १ को क्षेत्रिय उपाध्यक्षमा सुन्दर कार्की सचिब राजकुमार खड्का कोषध्यक्षमा बिनोद कटुवाल र सदस्यमा इन्द्रबहादुर खड्का निर्विरोध भएका हुन् ।
क्षेत्र नं २ तर्फ उपाध्यक्षमा फुर्वा शेर्पा, सचिबमा अबतारसिंह लामा, कोषाध्यक्षमा सुकदेब शिवाकोटी र सदस्यमा तिलक चौलागाँई रहेको निर्वाचन अधिकृत राम्जी प्रसाद चौलागाँईले बताएका छन् ।
आईतबार एक समारोहका बीच नेपाली काँग्रेस दोलखाका पुर्व सभापति तारा बहादुर कोईरालाले उद्घाटन गरेको अधिबेसनमा नेपाली काँग्रेस दोलखाका पुर्व सभापति देवी न्यौपाने नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरुको उपस्थिति थियो । तरुण दल दोलखाका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा जारी अधिबेसनको बन्द सत्र सुरु भएको थियो ।
तरुण दल दोलखाको चौथो जिल्ला अधिबेसन सोमबार विहान १० बजे दोलखा सदरमुकाम चरिकोट स्थित सिमपानी हलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोसीले उद्घाटन गर्ने कार्यक्रम रहेको तरुण दल दोलखाका अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।