जुम्लामा कार्यरत दोलखा तामाकोशीका २५ बर्षिय युवामा कोरोना संक्रमण

 आवाज संवाददाता     २३ जेष्ठ २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

जेठ २३, चरिकोट । कर्णाली प्रदेशको जुम्ला जिल्लामा कार्यरत दक्षिणी दोलखाको तामाकोशी गाउँपालिका–५, शहरेका एक २५ बर्षिय युवामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराइएका हुन् ।

जुम्ला जिल्लामै संकलन गरिएको स्वाबको शुक्रबार प्राप्त रिपोर्टअनुसार ति युवामा संक्रमण पुष्टि भएको हो । उनी कहिले देखि जुम्लामा कार्यरत रहेका थिए भन्ने बारेमा खोजतलास गरिने जनाईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।