एप्समार्फत विवरण भरेका दोलखाका एकजना सम्भावित कोरोना संक्रमितको सूचीमा

 आवाज संवाददाता     २४ जेष्ठ २०७७, शनिबार

रवीन्द्र गौतम । दोलखा

जेठ २४, चरिकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिकास गरेको हाम्रोस्वास्थ्य मोबाइल एप्समार्फत लक्षण बारे विवरण भरेका दोलखाका एकजना सम्भावित कोरोना संक्रमणको सूचीमा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलन हुनुपूर्वको २४ घण्टाको अवधिमा हाम्रोस्वास्थ्य मोबाइल एप्समा विवरण भरेका ३९५ जनामध्ये दोलखाका एकजना सम्भावित कोरोना संक्रमितको सूचीमा परेका हुन् ।

एम्पसमा ‘कोभिड–१९ को लक्षणहरु आफैं मूल्याङ्कण गर्नुहोस्’ भन्ने सेवा प्रयोग गरेर दिईएको विवरणका आधारमा मन्त्रालयमा उपलब्ध डाक्टरहरुको समूहले निर्णय गरेर फाराम भर्नेको लक्षणको आधारमा सम्भावित संक्रमितको सूची बनाउँछ ।

सम्भावित संक्रमितको सूचीमा परेकाको बारेमा गोप्य रुपमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्वाब संकलन गरेर पीसीआर जाँचको लागि पठाइने मन्त्रालयले व्यवस्था गरेको छ ।

दोलखाका ति सम्भावित संक्रमणको सूचीमा परेकालाई यथासम्भव छिटो स्वाब संकलन गरेर पीसीआर जाँचको लागि पठाइने सम्वद्धहरु बताउँछन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।