रतुवा मृगलाई वनमा छोड्दाको त्यो रमाईलो क्षण

– शंकरमान थामी –

 आवाज संवाददाता     ३२ जेष्ठ २०७७, आईतवार

शंकरमान थामी,  प्राकृतिक स्रोत संरक्षण सहायक,  गौरीशंकर संरक्षण क्षेत्र आयोजना

प्रकृति विभिन्न वन्यजन्तु, वनस्पति, किरा फट्याङ्ग्रा आदि ईत्यादि सजिव निर्जिव को अजिव गोलो विचको वातावरण हो  । यहाँ मानिस पनि पर्ने गर्दछ । मानिस यसै वातावरणको विचमा रहेको छ । हाम्रो लागि वातावरण र वातावरणको लागि हामी एक अर्काको परिपुरक हौ । अझ भन्नुपर्दा मानिस विना वातावरण रहन सक्छ तर वातावरण विना मानिस रहन सक्दैन, यो ध्रुवसत्य हो । हामी मानव यस संझालको माथिल्लो भागमा छौ जस्तो लाग्छ तर त्यसो हुदैन । हामी पनि यसै वातावरणको विचमा रहेका छौ । हामी र वातावरण एकअर्कामा अन्तर्निहित हुनै पर्ने स्थिती रहेको छ । यहाँ म एउटा मृगलाई वनमा छाड्दाको रमाईलो क्षणको सम्झना लेख्दैछु । कुरा केहि अगाडिको हो । जिल्ला प्रहरि कार्यलय, चरिकोट, दोलखाले एउटा सानो मृगको पाठो भेटेको हुन्छ । त्यो पनि एक्लै माउ विनाको । प्रहरिले थप स्याहार गर्नको लागि डिभिजनल वन कार्यालय, चरिकोटमा दियको हुन्छ । डिभिजनल वन कार्यालय चरिकोटले त्यस मृगको पाठोलाई पाल्ने काम गर्दछ । दिनकै गाइको दुध ल्याई दिई पाल्ने काम गर्दछ । करिब २ लिटर जति त्यहि मृगको पाठोलाई दिनको लागि दुध बेच्ने सँग ठेक्का लियर दिनकै दुध आइपुग्छ । समय बित्दै गयो, मृग ठुलो हुदै गयो । मृगले घाँस खान थाल्यो । हौसला बड्दै गयो । मृगको पाठोलाई हेरेरै रमाउनेहरु धेरै थिय । मृग अझ ठुलो हुदै गयो । करिब ५ महिना जति पुगेपछि त्यस मृगको पाठोलाई पुन प्राकृतिक वासस्थानमा छोड्ने कुरा भयो । कहाँ छोड्ने भनि ठुलै बहस भयो । वन कार्यालय देखि नजिकको जंगलमा छोड्ने भनि सल्लाह नभयको हैन तर त्यस मृगलाई चाहिने सहज वातावरण नभएको कारणले त्यहाँ छोड्न नसकिने भयो । यहि जिल्लाको उत्तरी क्षेत्रमा गौरिशंकर संरक्षण क्षेत्र रहेको छ । अब यसलाई थप पालन पोषन र उचित वातावरणमा छोड्नको लागि संरक्षण क्षेत्र सँग सहकार्य गर्ने भन्ने सल्लाह भयो ।

सोहि अनुरुप मृग आयो गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको कार्यालय, सिङ्गटीमा । शुरुमा मृग आउदा टाठो थियो । शुरुमा समाउनलाई ५।६ जना मान्छेले पनि भ्याउन नसक्ने थियो । जसोतसो त्यस मृगलाई समायर खोरमा हाल्ने काम भयो । मृग टाठो रहेको बढेर ठुलो पनि भैसकेको कारणले त्यस मृगलाई भोलि नै त्यसको उचित वातावरण भयको ठाँउ हेरी छोड्ने सल्लाह भयो । उचित वातावरण भन्ना साथ आयो । विगु गा.पा. ४, लादुकमा रहेको सिङ्गटि देखि उत्तर तर्फको गिद्देसल्लेरी संरक्षण वन क्षेत्र । त्यस वन क्षेत्रमा पहिले पनि मृग भयको, बेला बेलामा मृग कराउने गर्दथ्यो । घाँसे मैदान पनि भयको, रुख तथा खानेपानीको लागि खोलाखोल्सि पनि भयको कारणले गर्दा सो वन क्षेत्रमा त्यस मृगलाई उपयुक्त भयको कारणले त्यहि क्षेत्रमा नै छोड्ने भनि सल्लाह भयो ।

सल्लाह अनुरुप गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको गाडिमा मृगलाई समाई राखेको खोर हालियो र सँगै गयौ हामी आयोजनाको कर्मचारी, कालिन्चोक सवडिभिजनल वन कार्यालयको प्रतिनिधी, इलाका प्रहरि कार्यालयका प्रतिनिधी, संरक्षण वन उपभोक्ता संजालको अध्यक्ष ।  गाडि करिब ५ किलोमिटर कुदेपछि एक ठाँउमा रोकियो जहा वन जाने बाटो थियो । त्यही नै खोर देखि मृगलाई निकालियो समाईयो अनि बोकियो, लगियो जंगलतिर । सडकदेखि अलि माथि गयपछि छोड्ने सल्लाह भयो । विधि बिधान बमोजिम मुचुल्का तयार गरि हस्ताक्षर गरि जंगलमा छाडियो । त्यहि नै फोटो खिच्ने काम पनि भयो । संरक्षण वन उपभोक्ता संजालको अध्यक्षलाई अझै नजिकबाट फोटो खिच्न मन लागेछ । मोबाईल बोकि अलि नजिक जानु भएको थियो । मृगको पाठो उहाँलाईनै फुत्त नाघेर ओरालो लाग्यो । पछि मृगको अगाडिको भन्दा पछाडिको खुट्टाले हाने पछि दुख्दो रैछ भन्दै हुनुहुन्थ्यो । मृग ओरालो लागेपछि जुन बाटो ल्याइएको थियो त्यहि बाटो पहिल्याउदै गयो । हामी कसैले त्यो मृगलाई भेट्ने चान्स नै थियन मात्र कहाँ तिर गयो भनेर टाढा देखि हेर्न सकिन्थ्यो पछि त आकलन मात्र गर्न सकिन्थ्यो । मृग जुन बाटो गयको थियो । त्यसको बिपरित दिशा तिरबाट केहि हुल मानिसहरु आयका रैछन धन्न उनिहरुले यतै हामी तिर फर्कायर ल्याय । उतापट्टि र  यतापट्टिका  मान्छेको हुल बिचमा मृग थियो । हामी त्यसलाई सुरक्षीत स्थानमा लान खोजिरहेका थियौ तर दुईतिर मान्छेहरु भयपछि त्यसै ठाँउमा ठुलो पहिरो रैछ मृग पहिरो तिर उकालो लाग्यो । पहिरोमा त उकालो लाग्यो तर पहिरो देखि माथिको वनमा जानलाई गार्हो थियो जानै सक्दैन थियो । न पहिरोमा हामीले त्यसलाई लिन जान सक्ने, न उ आफै जानेर तलतिर झर्ने । त्यो स्थिती निल्नु न ओकल्नु नभयको पनि हैन । तर हामी मृगलाई सुरक्षित स्थानमा छोड्न गयका थियौ, हाम्रो उद्देश्य बमोजिम त्यो क्षण भयन ।

हामी पहिरो मुनी केहि समय कुरे पछि मृग तलतिर नझर्ने स्थिती भयपछि हामी मध्येको एकजना त्यो पहिरोमा जानै पर्ने  स्थिती आयो । शुरुमा रमेश अधिकारी गय तल झार्न सकेनन, त्यसपछि शकर(म) गए । म पहिरो चढेर उकालो जादै थिय मृग अझै उकालो लाग्यो । मृग बसेको ठाँउमा जानै नसकिने स्थिती रह्यो । अब झन गार्हो अवस्था आयो । म सँगसँगै आय दुध बहादुर लोप्चन(प्रहरी जवान) सँगै एउटा लट्ठी बोकेर । दुध जि म भन्दा अलि पल्लो पट्टिसम्म पुगे तर मृग भयको ठाँउ सम्म जान सकेनन । मृग पनि याकुलव्याकुल भैसकेका थियो । अहिले आयर त्यो मृग पनि हाम्रो छेउमा आउदै थियो तर त्यसले पनि सकेन । अब हामीलाई एउटा डोरी चाहिने स्थिती आयो । डोरिले मृगको घाटिमा बाधेर तान्नलाई । दायाबाया हेरियो केहि डोरी र डोरिजस्तो बस्तु देखियन । हुन त पहिरोमा के को डोरी हुन्थ्यो र । मैले ट्राउजरमा भयको इजार निकाले । डोरिलाई सुर्क्याउनु बनायर लट्ठिमा बाधे । लट्ठी दुध जिलाई दिय । दुधजिले लट्ठिमा रहेको सुर्क्यानु डोरिले मृगको घाटिमा हाल्नु भयो अनि तान्नु भयो ।

त्यतिबेला सम्म रमेस पनि तल हेरेर बसेका बहिनीहरुको सल मागेर त्यहि ठाँउमा आइ सकेको थिए । दुधजिले मृग ताने पछि हामीले यता बाट समायौ । मृग उफ्रन थाल्यो । त्यो पनि बलियो गरि समाएको कारणले भाग्न सकेन । कसो कसो भाग्न आटेको तियो तर हामीले भाग्न दियनौ । त्यतिबेलाको त्यो मृगको उफ्र्याइलाई नियन्त्रण गर्न नसकेको भय हामी तिनै जना तल लडेर सडकमै पुग्ने अवस्था थियो । मृगलाई सलले खसि बाधेको जस्तो बाधियो । म केहि तल गय । माथिबाट सातिहरुले समायर झारे मैले तल समाय । फेरी साथिहरु तस झरे माथिबाट मैले झारे यसो गर्दा गर्दा हामीले सडकमा ल्याउन खोजिसकेका थियो । मृगको खुटटा चिप्लो भयको कारणले सल चिप्लियर फेरी मृग भाग्न सफल भयो । कहिले कहाँ जान्थ्यो कहिले कहाँ । अन्तमा हामीले जहाँ छोड्न लागेका तियो त्यतै तिर गयो तर सडक भन्दा मुनि तिर । त्यस ठाँउमा करण यादव तैनाथै थिए । करण मृगको पछि पछि मृग हेर्दै गयछन । सबै त्यहाँ पुगे पछि ल ठिकै भयो भन्ने भयो । हामी लखतरान भैसकेको थियौ । कार्यालयमा आयौ खाना खायौ, आयोजना प्रमुखलाई रिपोर्टिङ्ग गर्यौ । आयोजना प्रमुखले वन्यजन्तु सँग काम गर्न सजिलो छैन यस्तै हुन्छ तर कुल हुनुपर्छ भन्नुभयो । चित्त बुझ्यो ।

दिउसोको २ बजेको थियो । प्रमुख ज्युले बिहान छाडेको मृगको अवस्थाको बारेमा अनुगमन गर्न जाउ भन्नु भयो । म केहि साथिहरु सँगै लियर लाग्यै फेरी त्यहि ठाँउमा । त्यो ठाँउमा पुग्दा हामी ४ जना ४ तिर छरियौ । म हेर्दै जादा खोला सम्मै पुगेछु, मैले भेटिन ।  करणले मृग भेटेछ, मृग करण सँग आउन खोजेछ तर डराई डराई । म खोलामै थिए, मृग भेटियो भन्ने खबर आयो । बिहान जुन ठाँउमा हामीले छाडेका थियै त्यहि ठाँउमै रहेको पाईयो । अवस्था नाजुक रहेको पाईयो । त्यो मृगलाई फेरी समातियो । समातेर सडक छेउमा राखियो, साथिहरुले काखमा सुताए । मृग कुकु गरि रुन थाल्यो । अति नमज्जाले रोईरहेको थियो । पानी दिने सल्लाह भयो । त्यति बेला निरन्जन थापा जी(सहकर्मी) पनि आईसक्नु भयको थियो । थापा जी र करण पानी लिन गय । दुईवटा बोत्तलमा पानी लियर आय । जनकले पानी हाल्यो मैले हात थापिदिय । पानी खायको देख्दा लाग्थ्यो त्यो मृग धेरै तिरखायको थियो ।

प्रमुखलाई सम्पुर्ण स्थितिकोबारेमा जानकारी गरायौ । सल्लाह बमोजिम केहि साँझ परेपछि फेरी माथिको जँगलमा छाड्ने भयौ । नजिकै घरदेखि लुगाको टालो ल्यायर मृगको आँखा छोपी माथितिर लग्यै । करण भाइले ढाँडमा बोके । माथि जादा जादा एउटा ठुलो चौर देखियो । त्यहा छाड्ने ठाँउ राम्रो देखेर मृगलाई त्यहि राख्यै पट्टी खोल्यै । मृग उठ्नै मानेन । हामी भन्दा टाढा जानै मानेन । कसैले वनदेवीको पुजा गरे ।  ल वन देवी तिम्रो काँखमा यस्लाई छाड्नको लागि ल्यायको यसलाई समाल्नुहोस भने पछि मृग फुत्त उठ्यो, कुलेलाम ठोक्यो,पर पुग्यो, फर्केर हेर्यो, दुईटा खुट्टाले भुई खोर्सियो, कान लपटलपट बजाउदै हल्लायो, अनि नदेखिने गरि गयो । मैले सोचे खुट्टाले भुई खोर्सिदा मेरो बास बस्ने ठाँउ यहि भनेको रैछ, कान हल्लाउदा धन्यबाद दिई बाईबाई भनेको रैछ ।

हामी फर्क्यौ कार्यालयमा पुगेर खाना खायै । अनि दिनभरिको मृगको चाल देखेर दङ्ग पर्दै सुत्यौ । भोलि पल्ट बिहान पुन हामी त्यस ठाँउमा अनुगमन गर्न गयौ । चारै तिर खोज्यै कतै भेटियन । मात्र केहि निसानहरु मृगको दिशा, पाईला भेटिएकोपाइयो । अब यो जङ्गलमा बाच्ने रैछ भन्ने पुर्ण विश्वास भयपछि हामी फर्क्यै ।

तपाईलाई यो कथा अंग्रेजीमा पढ्न मन लागेमा यो लिङ्क मा जानुहोला । https://nepshoot.com/the-enjoyable-moment-of-releasing-barking-deer-to-the-forest/

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।