सरकारको बेथिति विरुद्ध दोलखामा प्रदर्शन

 आवाज संवाददाता     ३२ जेष्ठ २०७७, आईतवार

नवराज शिवाकोटी
जेठ ३२, दोलखा

कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै दोलखा सदरमुकाम चरिकोटमा युवाहरुले आइतवार सरकार विरुद्ध प्रर्दशन स्वरुप धर्ना दिएका छन् ।

स्थानीय सातडोवाटो चोकमा जम्मा भएका युवाहरुले प्लेकार्ड सहित भौतिक दुरी कायम गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले पीसीआर विधिबाट कोरोनाको परीक्षणमा तिव्रता दिनु पर्ने, बजेटको सही परिचालन गर्नु पर्ने, क्वारेन्टिनलाई मापदण्ड अनुसारको बनाउनुपर्ने, भष्ट्राचार र अनियमितता गर्नेलाई कारबाही गर्नु पर्ने लगायतका माग राखेका छन् ।

बेथितिका विरुद्ध युवाहरुले नबोले अरु कसैले पनि नबोल्ने देखि आफूहरु सामाजिक दुरी कायम गर्दै विरोध प्रदर्शनमा उत्रिएको प्रदर्शनमा सहभागी सौगात थापाले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।