पुष्पलाल मार्ग सञ्चालनमा, ढोली खोलामा डाइभर्सन

 आवाज संवाददाता     ६ भाद्र २०७३, सोमबार

दुई साताअघि बाढीले पुल बगाएपछि बन्द भएको पुष्पलाल मार्गको यातायात सेवा सुचारु भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले खोलामा डाइभर्सन गरेपछि आइतबारदेखि यातायात सुचारु भएको हो ।
सडक विभागले एक हप्तादेखिको प्रयासपछि खोलामा डाइभर्सन बनेको हो । डाईभर्सन बनेकाले सोमबार जफेबाट सोझै बस चढेर सदरमुकाम आएको सितापाइला उच्च माविका शिक्षक राजु कार्कीले बताए । ढोलीखोलामा २ साता अघि बाढी आएर पक्कि पुल बगाएपछि पुष्पलाल मार्ग अवरुद्ध भएको थियो ।

पुल तयार हुन १० दिन लाग्ने
पुल बगाएपछि सडक विभागले तयारी बेलि ब्रिज बनाउने तयारी गरेको छ । तयारी बेलिब्रिजको सामान निर्माणस्थलसम्म ल्याए तापनि दुवै तिरको जीप उठाउने काम जारी रहेकाले पुल तयार हुन अझै १० दिन लाग्ने भएको छ ।
गत साउन २२ गते दोलखा जिल्लाको भिरकोट र जफे गाविस जोड्ने ढोलीखोलाको पुल बाढीले बगाएपछि दोलखा सदरमुकामबाट दक्षिणी दोलखा, रामेछाप हुँदै तराई जोड्ने पुष्पलाल मार्गको यातायात सेवा बन्द भएको थियो ।
पहिरोले सिर्जित बाढीका कारण ढोलीखोलाको पुल वगाएपछि यातायात सेवा वन्द रहेको पुष्पलाल मार्गको सवारी आवतजावत गर्न अझै १० दिन लाग्ने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख ईन्जिनियर अशोक तिवारीले जानकारी दिए । खोलामा वेलीब्रिज राख्ने योजना भएको र सो को लागि ग्याविन राख्ने काम भईरहेको उनले बताए ।
शनिवारदेखिा वेलिब्रिज राख्ने काम सुरु भएको सव–ईन्जिनियर राकेश श्रेष्ठले जानकारी दिएका छन् । यदि शनिवारवाट बेलिब्रिजको काम सुरु भयो र सरासर काम भयो भने १० दिन भित्र उक्त ब्रिज जडानको काम सकिन्छ । उनले बढीमा दुई सातामा यातायात पुनः सुरु हुनसक्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।