दोलखामा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ पुग्यो

 आवाज संवाददाता     १४ असार २०७७, आईतवार

रवीन्द्र गौतम । दोलखा

असार १४, दोलखा । दोलखा जिल्लाका थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उत्तरी दोलखाको गोरीशंकर गाउँपालिका–५, सुरीस्थित हलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक÷एक महिला र पुरुषको कोरोना संक्रमणको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

यो सहित दोलखामो कोरोना संक्रमितको संख्या ४ पुगेको छ । हलेश्वर माविको क्वारेन्टाइनबाट ७ जनाको स्वाब संकलन गरेर असार ११ गते परीक्षणका लागि पठाईएकोमा ति महिला र पुरुष गरी दुईजनामा कोरोना संक्रमण देखिएको हो । सोही क्वारेन्टाइनमा करिब १० दिनदेखि कुवेतबाट आएकी ४५ बर्षिय र ३५ बर्षिय २ महिला पनि क्वारेन्टाइनमा रहेका छन् ।

तेस्रो मुलुकबाट आएकाबाट वा भारतबाट आएकामध्ये कोबाट कसरी स¥यो कन्ट्याक ट्रेसिङ कार्य सुरु गरिएको छ । यसअघि दोलखाबाट उपचारको लागि काठमाण्डौं गएका एक ६५ बर्षिय बृद्ध र जुम्लामा कार्यरत एक युवकमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । त्यसमध्ये ६५ बर्षिय बृद्धको मृत्यु भईसकेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।