चरिकोटमा कुकुर आतंक

 आवाज संवाददाता     ८ भाद्र २०७३, बुधबार

चरिकोटमा कुकुरले टोकेर १० जना बढी घाइते भएका छन् । एउटै कुकुरले टोक्दा चरिघ्याङ, बसपार्क, घ्यावापानी लगायतका क्षेत्रमा महिला, बुढाबुढी र स्कुलबाट फर्कदै गरेका बालबालिकालाई टोकेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए ।
कुकुर रेविज लागेको हुन सक्ने आशंका रहेको छ । कुकुरले टोक्ने वित्तिकै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले पनि भीमेश्वर नगरपालिका र जिल्ला पशु सेवा कार्यालयलाई जानकारी गराए तापनि कुकुर नियन्त्रण वा मार्ने बारेमा नगरपालिका र पशु कार्यालयले कुनै पनि चासो नराखेको स्थानीयले गुनासो गरे ।
एक घण्टाको बीचमा १० जना भन्दा बढीलाई टोकेपछि स्थानीयले कुकुरलाई मार्न भन्दै लखेटिरहे तापनि यो समाचार तयार पार्दासम्म कुकुर मार्न सकेका छैनन् । घाइतेहरुलाई पनि ३ जना उपचारका लागि काठमाडौं लगेको प्रहरी चौकी सातदोबाटोले जानकारी दिएको छ । अन्यको भने चरिकोटका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।