दोलखाको ओराङमा खोलाले बगाउँदा दम्पती बेपत्ता

 आवाज संवाददाता     ३० असार २०७७, मंगलवार

रवीन्द्र गाैतम । दाेलखा

असार ३०, दाेलखा । उत्तरी दोलखाको बिगु गाउँपालिका-२, ओराङमा खोलाले बगाउँदा दम्पती नै बेपत्ता भएका छन् ।

ओराङ टाईबा निवासी करिब ६५ बर्षिय रामजी बिक र उनकी श्रीमती करिब ६० बर्षिय बुद्विमाया बिकलाई टाईबाखाेलाले बगाउँदा साेमबारदेखि बेपत्ता भएकाे आफन्त उद्वव बिकले जानकारी लिए ।

साेमबार बिहान करिब ११ बजे घरभन्दा खाेला पारी रहेकाे खेतका लागि हिँडेका दम्पती दुई दिनदेखि बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएकाे छ ।

ईप्रका सिंगटीका निरीक्षक सुनजित तामाङले बेपत्ता भएकाे पुष्टि भए पनि खाेलाले नै बगाएकाे दसी प्रमाण नभेटिएकाे बताए ।

घटनास्थल पुगेकाे असई कैलाशकुमार श्रेष्ठकाे टाेलीले टाईबाखाेलादेखि ताताेपानी दाेभानसम्म खाेजी गर्दा नभेटिएकाे जनाएकाे छ ।

४ छाेरीकाे परिवार रहेकाे र सबैजना विवाह गरिसकेकाे कारण उनीहरूलाई बाेलाएर थप अनुसन्धान अघि बढाईएकाे प्रहरी निरीक्षक तामाङले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।