मास्क लगाउने सन्देश दिँदै चरिकाेटमा सुरू भयाे लाखे नाच

 आवाज संवाददाता     ८ श्रावण २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

साउन ८, दाेलखा । काेराेना त्रासकै बिच मास्क लगाउनु पर्ने सन्देश सहित चरिकाेटमा पृथक शैलीकाे लाखे नाच शुरू भएकाे छ ।

नेवारहरुको बस्ती भएको देशको बिभिन्न ठाउँमा कृष्ण चरित्रमा अाधारित लाखे (पुतना) नाच प्रर्दशन गर्ने परम्पराअनुसार काेराेना त्रासकै बिच बिहिबारदेखि लाखेनाच सुरु भएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा लालिगुराँस युवा क्लब चरिकोटको सक्रियतामा लाखे नाच प्रर्दशन गरिँदै आएको छ ।

गठेमङ्गलको भोलीपल्टदेखि कृष्ण जन्माष्टमीसम्म चरिकोटमा लाखेनाच प्रर्दशन गरिने परम्परा रहेको छ ।

सुरक्षाकाे सामान्य उपायहरू अपनाएर लाखेनाच प्रर्दशन गरिएकाे लालीगुराँस युवा क्लब चरिकोटका अध्यक्ष प्रविन श्रेष्ठले बताए ।

लाखे र लाखेको सिपाही(झुम्रे)ले समेत मास्क लगाएर भीडभाड नहुने गरि लाखेनाच प्रदर्शन गरिएकाे अध्यक्ष श्रेष्ठले बताए ।

चरिकोटमा नेवारहरुको बस्ती बसे देखिनै सुरु भएको र बिचमा केहि समय बन्द भएको यो नाचलाई चरिकोट गुठी हुँदै लालीगुराँस युवा क्लबले निरन्तरता दिएको श्रेष्ठले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।