अनुहारभन्दा ठूलो मास्कः बालिकाको लगाउने एक प्रयास (फोटो फिचर)
आवाज संवाददाता १६ श्रावण २०७७, शुक्रबार
साउन १६, चरिकोट । शुक्रबार जिल्ला प्रशासन कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा निशुल्क मास्क वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा करिब डेढसय मास्क निशुल्क वितरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी शर्माबाट निशुल्क रुपमा आफ्नो अनुहारको आकारभन्दा ठूलो मास्क प्राप्त गरेकी करिब १० बर्षिय बालिकाले मुख र नाकमा मास्क लगाउन गरेको प्रयासको फोटो फिचर ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।