गौरीशंकरको पहिरोमा परेर शिवाकोटीको मृत्यु, स्वास्थ्यचौकी सहित ९ घर डुवानमा

 आवाज संवाददाता     २३ श्रावण २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

साउन २३, दोलखा । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको विभिन्न ठाउँमा बाढी र पहिरामा परेर एकको मृत्युु भएको छ भने स्वास्थ्यचौकी सहित ९ घर डुवानमा परेका छन् ।

गौरीशंक गाउँपालिका–८, खारेको टुनिटारमा गए राति पहिरो जाँदा कालिञ्चोक गाउँपालिका–८, सुनखानीका करिब २८ बर्षिय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन् ।

मृतक शिवाकोटी सिगटीबाट टुनिटारको नवनिर्मिति घरमा सटर राख्नको लागि बिहिबार गएका थिए भने काम नसकिएर सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु भएको स्थानीय बद्री खड्काले जानकारी दिए । सो पहिरोमा परेर तीन जना घाइते भएको दोलखाको प्रहरी प्रवक्ता निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिइन् ।

गएराती नै आएको बाढीले गौरीशंकर गाउँपालिका–६, गुरुम्फीको बरु क्षेत्रमा खारे खोलाबाट आएको बाढी बजारमा छिर्दा स्वास्थ्यचौकी सहित ९ ओटा घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । ९ ओटा घरका १० महिला, ७ पुरुष, ७ बालक, १० बालिका गरी ३७ जना विस्थापित भई नजिकको आफन्तको सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बाढीले सिप्रिङखोला जलविद्युत आयोजनामा ठुलो क्षति पु¥र्याएको बताईएको छ भने सो गाउँपालिकाको विभिन्न वडामा निर्माणाधिन रहेको घट्टेखोला, तल्लो खारेखोला जलविद्युत् आयोजनको विभिन्न संरचना बगाएको प्रवक्ता बज्राचार्यले बताइन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।