महिला मन्त्रीद्वारा दाेलखाकाे पहिराे निरीक्षण, मृतक परिवार भने भेटेनन्
आवाज संवाददाता २४ श्रावण २०७७, शनिबार
रवीन्द्र गौतम । दोलखा
साउन २४, दोलखा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले शनिवार दोलखाको विभिन्न पहिरोस्थलको निरीक्षण गरेका छन् ।
बिहिबार रातीको बर्षाको कारण आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका–५, ६ र ८ मा बाढी तथा पहिरो गएर २१ घरका ५४ जना विस्थापित भए पछि शनिवार मन्त्री गुरूङ स्थलगत निरीक्षणमा पुगेका हुन् ।
निरीक्षणका क्रममा गौरीशंकर गाउँपालिका–८, खारे, टुनीटार पुगेका मन्त्री गुरूङले पहिरो पीडितलाई भेटेर सान्त्वना दिए । मन्त्री गुरूङले पहिरोपीडितलाई सकेसम्म सुरक्षित स्थानमा सर्नको लागि अनुरोध गरे ।
खारेको टुनिटारस्थित पहिरोस्थलमा करिब २० मिनेट बिताएका मन्त्री गुरूङ लगत्तै वडा नम्बर ५ र ६ स्थित गुरूम्फीको बाढी क्षेत्रमा पुगेका थिए ।
गुरूम्फीमा पुगेका मन्त्री गुरूङसँग खारेखोला जलविद्युत् आयोजनाको अव्यवस्थित निर्माण र संरचनाको कारण गुरूम्फी क्षेत्र डुवानमा परेको स्थानीयहरूले गुनासो गरेका थिए ।
मन्त्री गुरूङले पहिरोमा पुरिएर मृत्यु भएका कालिञ्चोक गाउँपालिका–८, सुनखानीका २८ बर्षिय सुरेश शिवाकोटीको परिवारलाई भने भेटेनन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।