मुग्लिङ दुर्घटनामा २१ काे मृत्यु, ६ जनाको सनाखत, चालक अज्ञात, सहचालक घाइते
आवाज संवाददाता १० भाद्र २०७३, शुक्रबार
रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रुबाहक बस चितवन-मुग्लिङ सडक खण्डमा पर्ने त्रिशूली नदीमा खस्दा २१ यात्रुको ज्यान गएको छ। मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
सनाखत हुनेमा सबै रौतहटका छन्।
- रञ्जन यादव (३५)- मुडबेलुवा, रौतहट
- राजेशप्रसाद यादव (३३) मुडबेलुवा, रौतहट
- प्रमोद राम (२५)- मोहम्मदपुर-८, रौतहट
- राजेश यादव (३४)- लौकाहा, रौतहट
- गणेशकुमार साह (२५)- बसन्तपुर-१ रौतहट
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चन्डीभन्ज्याङ गाविसको कालीखोलास्थित त्रिशूली नदीमा बस खसेको हो।
दुर्घटनामा परी घाइते भएका १७ जनाको उद्धार गरि अस्पताल पठाइएको छ। घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य बेपत्ताको खोजी भइरहेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।
रौतहटको गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको बस बिहान ४ बजेतिर त्रिशूलीमा खसेको थियो। बसका चालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। सहचालक घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।