दोलखामा थप २ जनामा कोरोना संक्रमण

 आवाज संवाददाता     २७ श्रावण २०७७, मंगलवार

रवीन्द्र गौतम । दोलखा

साउन २७, चरिकोट । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको दुईजनालाई कोरोना संक्रमण देखिएको छ । तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेको एक र गाउँपालिकाका एक कर्मचारी गरी दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित सहित ७ जनाको स्वाव साउन २५ गते परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाईएकोमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए । गौरीशंकर गाउँपालिकाका नवनियुक्त कर्मचारीमा कोरोना संक्रमण देखिएको एक कर्मचारीले जानकारी दिए ।

तेस्रो मुलुकबाट आएका ति संक्रमित क्वारेन्टाइनमै रहेको र कर्मचारी पनि पनि गाउँपालिकाको आवासमै आईसोलेसनमा रहेको बताईएको छ । यसअघि पनि सोही गाउँपालिकाकै दुईजनमा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म जिल्लाका ४२४ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये एकजनाको मृत्यु भएको छ भने ४ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।