सल्यान जिल्लामा बाढीले बगाउँदा दोलखा झ्याँकुका दिलिप खत्री बेपत्ता

 आवाज संवाददाता     ३ भाद्र २०७७, बुधबार

रवीन्द्र गौतम । चरिकोट

भदौ ३, चरिकोट । सल्यान जिल्लाको बन्गाड खोलाले बगाउँदा गौरीशंकर गाउँपालिका–३, झ्याँकुका ३० बर्षिय दिलिप खत्री बेपत्ता भएका छन् ।

सल्यानको बन्गाड कुविण्डे नगरपालिकाको त्रिवेणी बजारमा निर्माणाधिन पक्की पुलको निर्माणमा खटिएका खत्रीलाई बगाउँदा बुधबार बिहान करिब १ बजेदेखि बेपत्ता भएका हुन् ।

हरिहरि निर्माण सेवाको कर्मचारीको रुपमा कार्यरत खत्रीलाई पुलको क्याम्प नजिकै निर्माण सामग्री वचाउन खोज्दा बुधबार विहान करिब १ वजे बन्गाड खोलामा आएको वाढीले वगाएको सल्यान प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज मिनवहादुर खड्काको टोलीले खोलाले बगाएका खत्रीलाई खोजी गरिरहेको बताईएको छ । पुलको क्याम्पसँगै रहेको अरु ३ जना भने भागेर बाँच्न सफल भएको गौरीशंकर गाउँपालिका–५, सुरीका सुजन श्रेष्ठले जानकारी दिए । अर्का एकजनालाई बग्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।