विसुन्टोलस्थित महांकाल भगवतीकाे मन्दिरमा चाेरी

 आवाज संवाददाता     ५ भाद्र २०७७, शुक्रबार

रवीन्द्र गाैतम । चरिकाेट

भदाै ५, चरिकाेट । भीमेश्वर नगरपालिका-५, विसुन्टोलस्थित चर्चित महांकाल भगवतीकाे मन्दिरमा गएराती चाेरी भएकाे छ ।

महिलाले दर्शन गर्न नहुने धार्मिक मान्यता रहेकाे महांकाल भगवती मन्दिरमा गएराती भेटि बाकससहित ३ ग्याँस सिलिन्डर थाल भाँडा लगायत चाेरी भएकाे हाे ।

हरितालिका तिजकाे व्रत बसेका महिलाहरू मन्दिरमा पुजा गर्न जाने क्रममा मन्दिरकाे बाकस, सिलिन्डर, जाेगीकाे कुटिमा रहेकाे थाल भाँडा लगायतका सामान चाेरी भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरी महांकाल मन्दिर परिसर पुगेर घटनास्थल मुचुल्का तयार गरि शंकास्पद व्यक्तिलाई खाेजीरहेकाे छ । अासपासकाे गाउँका घरहरूमा खानतलासी गरिरहेकाे स्थानीयले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।