मिलिजुलीको २८ औं स्थापना दिवसमा २८ पीन्ट रक्तदान

 आवाज संवाददाता     ७ भाद्र २०७७, आईतवार

भदौ ७, चरिकोट । मिलिजुली कालिञ्चोक साकोस लि. भीमेश्वर नगरपालिका–६, चरिकोटको २८ औं स्थापना तथा कारोबार सञ्चालन दिबसको अबसरमा आयोजित खुला रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

कोरोना भाईरसको महामारीका विच पनि आवश्यक मापदण्ड र सतकर्ता अपनाउँदै नेपाल रेडक्रस सोसाईटी र नेपाल स्वयंमसेबी रक्तदाता समाज नेपालको शाखा कार्यालय दोलखाको सहकार्यमा सहकारीले खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सहकारीका अध्यक्ष नारायणबहादुर श्रेष्ठको सभापतित्व र भीमेश्वर नगरपालिकाका मेयर भरत केसीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम आयोजना गरी दिवस मनाईएको मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानले जानकारी दिए ।

प्रमुख अतिथिले मेयर केसीले ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए भने संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत(श्रेष्ठ)ले उपस्थित रक्तदाताहरुलाई कार्यक्रमको उद्देश्य, औचित्य माथि प्रकाश पार्दै स्वागत गरेकी थिईन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिबशराज खड्काले सहकारीको क्षेत्रमा बिभिन्न सफलता प्राप्त गर्दै गईरहेको र आगामी दिनहरुमा पनि अझै यसले गति लिने र सफलता पाउने धारणा ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले महामारीको विषम् परिस्थितमा पनि संस्थाले गरेको यस्तो कार्यको उच्च कदर गर्दै रक्तदान गर्नु हुने २८ जना रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरि धन्यबाद दिए । सहकारीका अध्यक्ष नारायणबहादुर श्रेष्ठले संस्थाको बिभिन्न गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

रक्तदान कार्यक्रममा नेफ्स्कुन बागमती प्रदेशका महासचिब जिबसराज खड्का, स्वास्थ्य कार्यालय चरिकोटका प्रमुख बिभुकुमार झा, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, संस्थापक अध्यक्ष रामदाश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल, नेपाल स्वयंमसेबी रक्तदाता समाज दोलखाका अध्यक्ष श्याम गौतम, संस्थाका पदाधिकारी समिति, संचालक सदस्य, बिभिन्न उपसमितिका सदस्य, रक्तदाता महानुभाबहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।