चरिकोट आइसोलेसनबाट ७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेकाे संख्या १८ पुग्याे, १३ जना उपचारकाेे क्रममा
आवाज संवाददाता १७ भाद्र २०७७, बुधबार
रवीन्द्र गाैतम । दाेलखा
भदाै १७, दाेलखा । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटकाे आइसोलेसनमा रहेका ७ जना कोरोना संक्रमण मुक्त भएर बुधबार डिस्चार्ज भएका छ्न् ।
कोरोना भाइरस संक्रमण देखिए पछि चरिकाेट आइसोलेसनमा राखिएका उनीहरुको पुनः गरिएकाे पीसीअार जाँचकाे रिपाेर्ट नेगेटिभ आए पछि ४ महिला र ३ पुरूष गरी ७ जना काेराेना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् ।
कोरोना संक्रमण जितेर घर फर्किनेहरुमा ४ एनजिओकर्मी, २ सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी रहेकाे स्वास्थ्य कार्यालय दाेलखाका प्रमुख बिभुकुमार झाले बताए ।
याे सहित बुधबारसम्म दाेलखामा काेराेना जित्नेहरूकाे संख्या ६ महिला र १२ पुरूष गरी १८ जना पुगेकाे छ ।
बुधबार काेराेना संक्रमण मुक्त हुनेहरुकाे स्वाब भदाै २ संकलन गरिएकाेमा १० दिनपछि पुनः भदाै १२ गते परीक्षण गरिएकाे स्वाबकाे रिपाेर्ट नेगेटिभ अाएकाे थियाे ।
दाेलखाबाट स्वाब संकलन गरिएकामध्ये बुधबारसम्ममा ११ महिला र २० पुरूष गरि ३१ जनामा काेराेना संक्रमण देखिएकाे छ।
संक्रमण मुक्त हुनेहरूमा चितवनको तालिमबाट फर्केका एनजीओकर्मी इन्दिरा अर्याल, गंगा रिमाल, सुमन श्रेष्ठ, सिर्जना थामी रहेका छन् ।
स्वास्थ्यकर्मी पन्जु तामाङ तथा प्रहरीद्वय राम ठाकुर र कृष्ण कुमार यादब बुधबार डिस्चार्ज भएकाे प्रमुख झाले जनाए । निको भएर फर्केका हुन।
कोरोना संक्रमण मुक्त भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकाेटका स्वास्थ्यकर्मीको टोलीले बिदाई गरेका थिए ।
प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद दंगालले उनीहरुलाई कोरोना संक्रमण मुक्त भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
जिल्लामा अझै ८ पुरूष र ५ महिला गरि १३ जना जिल्लाकाे विभिन्न अाईसाेलेसनमा उपचाररत रहेकाे स्वास्थ्य कार्यालय दाेलखाकाे तथ्यांक छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।