आन्तरिक पर्यटक आकर्षणको केन्द्र बन्दै बृन्दावन पार्क
आवाज संवाददाता २ आश्विन २०७७, शुक्रबार
नवराज शिवाकोटी
असोज २ चरिकोट
भीमेश्वर नगरपालिकाको बृन्दावन पार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । नगरपालिकाको वडा नम्बर ४ को महाँकाल बृन्दावन पार्क निर्माणाधिन अवस्थामा हुँदै आकर्षणको केन्द्र बन्दै गएको हो ।
पार्कको निर्माण सुरु भएपछि पार्क भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको स्थानीयहरुको भनाई छ ।
वडा नम्बर चारको मोहोरिया बस्ती निकट को डाँडामा निर्माणाधिन बृन्दावन पार्क निर्माणमा अहिले सम्म करिब ४० लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष एवं भीमेश्वर नगरपालिकाका प्रबक्ता हरिबंश चौलागाईंले बताए । हालसम्म खर्च भएको ४० लाख मध्ये पाँचलाख डीपीआर निर्माणमा खर्च भएको उनको भनाई छ ।
हाल पार्कको आधि भागमा कम्पाउन्ड लगाउने, महाँङ्काल भगवती मन्दीरसम्म जाने सिंढी, मन्दिर परिषरको घेरावार लगाउने तथा राधाकृष्णको कलात्मक मुर्ति राख्ने काम सम्पन्न भएको भीमेश्वर नगरपालिकाका ईञ्जिनियर सुरेस राउतले बताए । बृन्दावन पार्कलाई भविष्यमा ब्यवस्थित पिकनिक स्पोटको रुपमा समेत विकास गर्र्दै नगरपालिकाको आकर्षक आन्तरिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने ईञ्जिनीयर राउतको भनाई छ । डिपिआर अनुसार पार्कको निर्माण क्रमागत योजनाको रुपमा गरिने भीमेश्वर नगरपालिकाले बताएको छ ।
पार्कबाट गौरिशंकर हिमाल, तामाकोशी नदी, एतिहासिक दोलखाबजार लगायतका विभिन्न भूभागको सुन्दर दृष्यावलकोकन गर्न सकिन्छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।