चरिकोटका मास्के प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुँदै

 आवाज संवाददाता     ३ आश्विन २०७७, शनिबार

रवीन्द्र गौतम । चरिकोट

असोज ३, चरिकोट । दोलखाका अग्रज सञ्चारकर्मी चिरञ्जीवी मास्के नेपाल सरकारद्वारा प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुने भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् जिल्लाको अग्रज पत्रकार मास्के संविधान दिवस २०७७ को अवसरमा नेपाल सरकारले प्रदान गर्दै आईरहेको विभिन्न विभुषणमध्ये प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुने भएका हुन् । पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष समेत रहेका मास्के सञ्चारकर्मी मध्येबाट सो पदकबाट विभुषित हुने उनी दोलखामा पहिलो हुन् ।

जिल्ला प्रशासन कार्यालय दोलखाले ५ जनालाई प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित गर्न सिफारिस गरेको थियो । नाम सिफारिस भएका मध्ये सञ्चारकर्ममा करिब २७ बर्षदेखि निरन्तर लागि परेका मास्केलाई नेपाल सरकारले विभुषित गर्ने निर्णय गरेको हो ।

 

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF