माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको डिस्यान्डर को परीक्षण हुँदै असोजमा मसान्तमा परीक्षण उत्पादन नहुने पक्का

 आवाज संवाददाता     ५ आश्विन २०७७, सोमबार

नवराज शिवाकोटी
असोज,५, चरिकोट
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको डिस्यान्डको परीक्षण शूरु भएको छ । लकडाउनका कारण हेडवक्सका संरचनाहरुको परीक्षण स्थगित भएको मा डिस्यान्डरको आंशिक परीक्षण असार अन्तिम साता बाट सुरु गरिएको हो ।
लकडाउनका कारण स्थगित डिस्यान्डरको परीक्षण नजिकै रहेको खोलाको पानी डिस्यान्डरमा हाली आंशिक रुपमा शूरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए । डिस्यान्डर को आधि भाग सम्म पानी भरी गेटहरुको परीक्षण गर्ने काम अहिले भइ रहेको उनको भनाई छ । ड्यामको परीक्षण भने लकडाउन सुरुहुनु अगावै सम्पन्न भइसकेको छ ।
असोज अन्तिम सम्म एक युनिटबाट परीक्षणको रुपमा विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य भने लकडाउनका कारण पुरा नहुने आयोजनाले बताएको छ । लकडाउनका कारण काम गर्ने भारतीय मिस्त्रीहरु घर गई नफर्किएका तथा डिस्मेन्टेबल बक्स, एक्सपान्सन ज्वाइन जस्ता सामान कलकत्ताबाट आउन नसक्दा आयोजनाको तेर्सो पेन स्टक जडानको काममा ढिलाई भइरहेको छ । परामर्शदाता, विभिन्न सामान टेस्ट गर्न विज्ञहरु भारत,चीन तथा युरोपबाट आउन नसक्दा पनि काममा ढिलाई भइरहेको प्रबक्ता डाक्टर न्यौपानेको भनाई छ ।
भुकम्प अघि ९ सय भन्दा बढी कामदारले दैनिक काम गर्ने आयोजनामा हाल करिब ४०० मजदुरले काम मात्र काम गरीरहेका छन् । रामेछापको फुलासीमा निर्माणाधिन सब स्टेशनको सिभिल संरचनाको काम करिब समाप्त भएर अधिकाँस इक्युपमेन्ट साइटमा ल्याउनेकाम सकिएको भएतापनि जडानकालागि प्राविधिकहरु कोरोनाका कारण आउन नसकेकोले सो काम पनि अगाडि बढ्न नसकेको आयोजनाले बताएको छ ।
आयोजना निर्माण सम्पन्न हुने समयावधि बढ्ने पक्का भएपनि आयोजना ब्यवस्थापन पक्षले अहिले सम्म कहिले आयोजना सम्पन्न हुन्छ भन्ने अनुमान सार्वजनिक गरेको छैैन । ४५६ मेघावाटको राष्टिय गौरवको आयोजना माथिल्लो तामाकोशी कहिले सम्पन्न हुने भन्ने अन्यौल बढ्दै जाँदा आयोजनाको लगानी अझै बढ्ने पक्का छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF