मेरुदण्ड खुस्किएका शैलुङका कार्कीका लागि सहयोग जुट्दै

 आवाज संवाददाता     ७ आश्विन २०७७, बुधबार

असोज ७, चरिकोट । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड खुस्किएका शैलुङ गाउँपालिका–८, शैलुङ्गेश्वरका शंकर भनिने डिल्लीबहादुर कार्कीको उपचारको लागि सहयोग जुट्ने सुरु भएको छ ।

गत बैशाख १९ गते घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड खुस्किएर उपचारमा आफ्नो सबै रकम सकिए पछि थप उपचार गराउन कठिन भईरहेको समाचारहरु प्रकाशन तथा प्रशारण भए पछि कार्कीको उपचारको लागि सहयोग रकम जुट्न सुरु गरेको हो ।

उपचारको सँगसँगै आर्थिक अभावले उपचारभन्दा पनि खान बस्न समेत समस्या भोग्दै आएको खबर सुनेपछि दोलखाली समाज मलेसियामा कार्यरत दोलखाली दाजुभाइ तथा दिदिबहिनीहरुले संकलन गरेको ३३ हजार रुपैयाँ संस्थाकी पूर्वकोषाध्यक्ष सृजना कार्कीले मेरुदण्ड पीडित कार्कीकै डेरामा पुगेर हस्तान्तरण गरेको पूर्व अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारी र त्यसका कारण उव्जिएका अनगिन्ति समस्याले ग्रसित कार्कीले आफूले सकेजति र लिन सक्ने ऋण सबै जम्मा गर्दा पनि उपचारमा रकम अभाव भईरहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF