दाेलखाकाे प्रशिद्व त्रिपुरासुन्दरी मन्दिरमा चाेरीकाे प्रयास

 आवाज संवाददाता     ९ आश्विन २०७७, शुक्रबार

रवीन्द्र गाैतम । चरिकाेट

असाेज ९, चरिकाेट । सुप्रशिद्व दाेलखाकाे भीमेश्वर नगरपालिका-२, स्थित त्रिपुरासुन्दरी मन्दिरमा गय राती चाेरीकाे प्रयास भएकाे छ ।

भुकम्पले भत्किएकाे त्रिपुरासुन्दरी (देवीकाेट)काे मन्दिरकाे विभित्र गहनालगायतका सामग्री राखिएकाे अस्थायी मन्दिरमा राखिएकाे सेफ चाेरीकाे प्रयास भएकाे हाे ।

अस्थायी मन्दिरभित्र राखिएकाे मन्दिर बाहिर ल्याएर बन्चराेले ताेडेर चाेरीकाे प्रयास गरिएकाे पाईएकाे भीमेश्वर नगरपालिका-२ का वडाध्यक्ष विराज श्रेष्ठले जानकारी दिए ।

शुक्रबार विहान मुलढाेका, झ्याल ताेडिएकाे र गहनालगायत राखिएकाे सेफ बाहिर भेटिएकाे वडाध्यक्ष श्रेष्ठले बताए । यसअघि करिब ३० बर्ष अघि साेही मन्दिरकाे मूर्तिहरू चाेरी भएकाे थियाे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।