शैलुङमा घरायसी विवादमा श्रीमतीद्वारा घाँटी काटी श्रीमानकाे हत्या

 आवाज संवाददाता     १३ आश्विन २०७७, मंगलवार

रवीन्द्र गाैतम । दाेलखा

असाेज १३, दाेलखा । पश्चिमी दाेलखाकाे शैलुङ गाउँपालिकामा घरायसी विवादका कारण श्रीमतीले घाँटी काटेर श्रीमानकाे हत्या गरेकी छन् ।

मंगलबार राती करिब साँढे १ बजे शैलुङ गाउँपालिका-८, मनगाउँका ५२ बर्षिय हस्तनारायण श्रेष्ठलाई ४७ बर्षिय श्रीमती दुर्गामाया श्रेष्ठले खुकुरीले घाँटी काटी हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

साेमबार बेलुका घरायसी विवाद भएकाेमा राती करिब साढे १ बजे श्रीमान हस्तनारायणकाे बायाँ पट्टीकाे घाँटीमा खुकुरीले काटेर हत्या गरेकाे दाेलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पाेखरेलले जानकारी दिए ।

हत्या अभियाेगमा मंगलबार बिहान श्रीमती दुर्गामायालाई नियन्त्रणमा लिएर अावश्यक अनुसन्धान भईरहेकाे डीएसपी पाेखरेलले बताए । मृतक हस्तनारायणकाे शब पाेष्टमार्टमकाे लागि चरिकाेट ल्याईएकाे छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF