राप्रपा दोलखाको समायोजन भेला सम्पन्न, संयोजकमा शिवाकोटी चयन

 आवाज संवाददाता     २१ आश्विन २०७७, बुधबार

असोज २१, चरिकोट । नेपालको अर्को प्रजातान्त्रिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दोलखाको समायोजन भेला बुधबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।

समायोजन भेलाले राजनबहादुर शिवाकोटीको संयोजकत्वमा ५३ सदस्यीय जिल्ला कार्यसमिति दोलखाको गठन गरेको छ ।

केही समयअघि केन्द्रीय समितिको समायोजन भए पछि जिल्ला जिल्लाको समायोजन कार्यतालिकाअनुसार बुधबार दोलखास्थित दुबै पार्टीको समायोजन भेला सम्पन्न भएको हो ।

भेलाले बलबहादुर तामाङ र नवराज श्रेष्ठलाई सहसंयोजकमा चयन गरेको छ । ३ महिनापछि जिल्ला अधिवेसन गर्ने गरी बुधबार आयोजित भेलामा राप्रपाका केन्द्रीय सदस्य प्रविण थोकर प्रमुख अतिथि रहेको थिए भने पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य सुन्दरप्रकाश खड्का विशेष अतिथि रहेका थिए ।

राप्रपाका सम्पूर्ण नेता तथा कार्यकताहरुलाई एकताको मालामा उन्दै समग्र प्रजातान्त्रिक शक्तिहरुलाई एकीकृत गरी समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने राप्रपा दोलखाका संयोजक शिवाकोटीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF