खानेपानीको रकम अनियमितता सम्वन्धी सीडीएफको विज्ञप्ती

 आवाज संवाददाता     २२ आश्विन २०७७, बिहीबार

असोज २२, चरिकोट । इहिमालय टाइम्स तथा केही स्थानीय अनलाइनमा मिति २०७७ आश्विन २० गते प्रकाशित ‘दोलखामा दाताले खानेपानीका लागि पठाएको रकममा चरम अनियमितता’ शीर्षकको समाचारप्रति सामुदायिक विकास मञ्च, नेपालले एक विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार संस्थाका अध्यक्ष राजु थापाद्वारा हस्ताक्षरित विज्ञप्ती प्रकाशित गरी समाचारमा उठाइएका सवालहरुमा १० बुँद प्रष्टिकरण लेखेको छ । संस्थाले खानेपानी तथा सरसफाइका क्षेत्रमाविगत २ वर्षदेखि वाटर एड नेपालसँगको साझेदारीमा खानेपानी सुरक्षा तथा वास उत्थानशील परियोजना सञ्चालन गरिरहेको उक्त परियोजना अन्तर्गत शैलुङ तथा कालिञ्चोक गाउँपालिकामा खानेपानीका आयोजनाका लागि आवश्यक निर्माण सामाग्री बोलपत्र प्रकृयाद्वारा खरिद गरिएको जनाएको छ ।

New Doc 10-07-2020 16.29.21

प्रेस विज्ञप्तीमा गैरसरकारी संस्थामा सञ्चालक समिति नभई कार्यसमिति हुन्छ भन्ने तथ्य समेत जानकार नहुनु, समाचारको स्रोत पुष्टि गर्न नसक्ने खालका बिषयबस्तुहरु समेटिनुले समाचारको बास्तवितका प्रष्ट हुन्छ भन्ने उल्लेख छ । समाचारमा उठाइएका कुनै पनि विषय तथा संस्थामार्फत सञ्चालन भएका परियोजना सम्बन्धमा चासो राख्ने सबैले संस्थामै आई तथ्य सत्य बुझ्न संस्थाले विज्ञप्तमार्फत अनुरोध गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF