कोरोना संक्रमितको शव : चरिकोट अस्पतालदेखि खोरथली वनसम्म (फोटो फिचर)

 आवाज संवाददाता     २३ आश्विन २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

असोज २३, दोलखा । कोरोना संक्रमणका कारण दोलखा जिल्लामै पहिलोपटक एक महिलाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटमा बिहिवार विहान करिब ३ बजे तिर मृत्यु भएको ८१ बर्षिय एक महिलामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

१५ दिन अघि भारतबाट दोलखा आएकी बैत्यश्वर गाउँपालिका–७, नाम्दुकी महिलालाई बुधवार राति उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याईएको थियो ।

मृतकको शवलाई शुक्रवार तारादल गण चरिकोटस्थित नेपाली सेनाको टोलीले खोरथली सामुुुुदायिक वनको विचमा गाडेर अन्तिम संस्कार गरेको बताईएको छ ।

निमोनिया भएर श्वासप्रश्वासमा समस्या भएकी महिलामा कोरोना संक्रमणको समेत लक्षण देखिए पछि बुधवार राती नै स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल पठाईएकोमा बिहिवार उनको रिर्पोट पोजेटिभ आएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताए ।

महिलामा कोरोना संक्रमणको लक्षण देखिएकोले अस्पतालमा एक्लै राखेर उपचार गरिएको जनाईएको छ । कोरोना संक्रमणकै कारण मृत्यु भएकी उनलाई राखेर उपचार गरिएको उपचार कक्ष सिल गरी डिसइन्फेक्सन गर्ने कार्य सुरु भएको अस्पतालले जनाएको छ ।

मृतकमा कोरोना संक्रमण देखिएको बारे परिवारलाई जानकारी गराई र लक्षण नदेखिएकालाई यथास्थानमा आईसोलेट हुन निर्देशन दिईएको प्रजिअ शिवाकोटीले बताए । मृतकको आफन्त चरिकोट बजारमा हिँडडु्ल गरेकोले बजारमा समेत सर्तकता अपनाउनु पर्ने देखिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF