कोरोना संक्रमणले पुर्ननिर्माण प्राधिकरण दोलखा सहित ३ कार्यालय बन्द, मठमन्दिर, गुम्बामा सर्वसाधारणलाई निषेधाज्ञा

 आवाज संवाददाता     ३० आश्विन २०७७, शुक्रबार

असोज ३०, चरिकोट । कर्मचारीलाई कोरोना भाईरस संक्रमण भएको कारण राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलख सहित ३ ओटा कार्यालय एकहप्ताको लागि बन्द गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द दोलखाले शुक्रबार निर्णय गरी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको चरिकोटस्थित कार्यालय, प्रभु बैंक र जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गरी ३ ओटा कार्यालय ६ दिनको लागि बन्द गरेको हो ।

साथै प्रशासनद्वारा शुक्रबार नै एक सूचना जारी गरी मन्दिर, गुम्बाहरुमा नित्य पुजा तथा प्रार्थना बाहेकका भिडभाड गर्ने कार्यहरु गर्न निषेध गरेको छ ।

२८ गते ९ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएकोमध्ये एकमहिला कर्मचारी सहित ५ जनामा कोरोना भाईरस संक्रमण देखिए पछि शुक्रबार बसेको समितिको बैठकले २८ गतेदेखि लागू हुने गरी ६ दिनको लागि ति कार्यालयहरु बन्द गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले जानकारी दिए ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ३ जना, प्रभु बैंकको एकजना र जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनको एक जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । प्रजिअ शिवाकोटीका अनुसार ति कार्यालयहरु ४ गतेबाट मात्र खुल्नेछन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF