पूर्व राष्ट्रपतिलाई ‘प्रारम्भिक चरणको क्यान्सर’

 आवाज संवाददाता     १३ भाद्र २०७३, सोमबार

पूर्वराष्ट्रपति डा.रामवरण यादवको क्यान्सर प्रारम्भिक चरणमै भएकाले चाँडो र राम्रो उपचार भए सामान्य अवस्थामा फर्कने सक्ने उनका छोरा तथा कांग्रेसनेता डा.चन्द्रमोहनले बताएका छन्। ‘क्यान्सर हो भन्ने निश्चित भएको छ। तर, क्यान्सर अझै प्रारम्भिक चरणमानै छ,’ उनले सेतोपाटीसँग भने, ‘अपरेशन कति ठूलो हुन्छ भन्ने कुरा अमेरिकामा थप परीक्षण गरेपछि मात्र थाहा हुन्छ।’

पूर्वराष्ट्रपति यादव आगामी १७ तारिख अमेरिकाको हेनरी फोर्ड सेन्टरमा उपचारका लागि जाँदैछन्। उनलाई केही समयअघि भारतमा गरिएको परीक्षणबाट क्यान्सर भएको पत्ता लागेको हो। ‘उहाँको उमेर ७४ वर्ष भइसक्यो। जति चाँडो राम्रो उपचार गर्‍यो त्यति राम्रो। त्यसैकारण उपचारका लागि अमेरिका लिएर जाँदैछौं,’ यादवले भने, ‘त्यसपछि उहाँले स्वाथ्य र समाज सेवा गर्ने अवस्थामा पुग्नुहुनेछ।’

भारतमा उपचार गर्नका निम्ति १० लाख दिएको नेपाल सरकारले उनलाई अमेरिकामा उपचार गर्न थप ६० लाख दिने निर्णय गरेको छ। यस सम्वन्धमा नेपालको परराष्ट्र मन्त्रालयले काम गरिरहेको मुख्य सचिव सोमलाल सुवेदीले बताए। ‘क्याबिनेटले सहयोग गर्ने निर्णय गरेर प्रक्रिया परराष्ट्र मन्त्रालय पुगेको छ,’ उनले भने।

उनलाई ६० लाख उपचार बाहेको दैनिक ३०० डलर भत्ता र उनका तीन सहयोगीलाई समेत हवाई टिकट बाहेक दैनिक १५० डलर भत्ता दिने सरकारी निर्णय भएको छ।

सेताेपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।