दोलखा भीमसेनलाई १८ औं पटक पसिना, देशमा अनिष्ट हुने संकेत
आवाज संवाददाता ९ मंसिर २०७७, मंगलवार
रवीन्द्र गौतम । दोलखा
मंसिर ९, दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गतबर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाईरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।
गत चैत ११ गतेदेखि लकडाउन गरेर ११५ दिनपछि केही महिना अघि नियमित पुजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।
मंगलबार दिउँसो १ बजेर ४३ मिनेटदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आईरहेको छ । भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १८ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।