धार्मिकस्थल खाेेल्न राप्रपा दाेलखाकाे माग
आवाज संवाददाता १५ मंसिर २०७७, सोमबार
मंसिर १५, दाेलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाेलखाले जिल्लामा रहेकाे विभिन्न धार्मिकस्थलहरू सर्वसाधारणहरूकाे लागि खुला गर्न माग गरेकाे छ ।
राप्रपा दाेलखाकाे साेमबार बसेकाे कार्यसम्पादन समितिकाे बैठकले निर्णय गरी जिल्लाका सबै धार्मिकस्थलहरू खाेल्न माग गरेकाे हाे ।
धार्मिक पर्यटनका लागि जिल्ला अाउने पर्यटकहरूकाे संख्या घटेर समग्र जिल्लाकाे अार्थिक क्रियाकलाप ठप्प हुन पुगेकाेले स्वास्थ्यका विभिन्न मापदण्ड पुरा गर्न लगाई धार्मिकस्थलहरू खाेल्नु पर्ने राप्रपा दाेलखाका संयाेजक राजनबहादुर शिवाकोटीले बताए ।
साथै राप्रपा दाेलखाले अागामी एक बर्ष ´एक बिहानी, एक सदस्य` कार्यक्रम सञ्चालन गर्ने संयाेजक शिवाकोटीले बताए ।
दाेलखा जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू साेवित उप्रेती, बलबहादुर केसी, सुन्दर खड्का, तिर्थ केसी, विजय खड्का र प्रविण थाेकरलाई राप्रपा दाेलखाले सम्मान समेत गरेकाे छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।