अर्थभूमी साकोसको पाँचौं बार्षिक साधारणसभा सुरु

 आवाज संवाददाता     ३ पुष २०७७, शुक्रबार

पुस ३, चरिकोट । कोभिड–१९ रोगको महामारीले स्वास्थ्य सुरक्षा चुनौती बढिरहेका बेला दोलखाको अर्थभूमि बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सामुदायिक रेडियोहरुमार्फत साधारणसभा शुभारम्भ गरेको छ ।

भीमेश्वर नगरपालिका–६, चरिकोटस्थित अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाले जिल्लास्थित ४ ओटा सामुदायिक रेडियोहरुबाट प्रत्यक्ष प्रशारण गरेर संस्थाको पाँचौ साधारणसभा सुरु गरेको हो । जिल्लाको रेडियो भीमेश्वर, कालिञ्चोक एफएम, रेडियो शैलुङ र हाम्रो रेडियोमार्फत सहकारीले साधारणसभाका विषय, नीति तथा कार्यक्रम र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

३ हजार १ सय २७ जना शेयर सदस्य तथा ५ सय ९६ जना बालबचतकर्ता रहेको सहकारीका सञ्चालक र ३ जना अतिथि उपस्थित गराएर सहकारीले साधारणसभा शुभारम्भ गरेको हो । केन्द्रीय साधारणसभा मात्र आयोजना गर्दै आईरहेको सहकारीले कोरोना महामारीका कारण ३ वटा ईकाईगत सभा गर्ने अर्थभूमि बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद दहालले जानकारी दिए ।

सहकारीका सचिव तारानाथ चौलागाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहकारीका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन पेश गरेको थिए । शेयर पूँजी २ करोड ४१ लाख ८५ हजार २ सय रहेको सहकारीको कुल पूँजी २४ करोड ७२ लाख ४८ हजार ८ सय ६९ रुपैयाँ ६० पैसा रहेको छ ।

सहकारीले मासिक बचत तर्फ रामजी थापा, दैनिक बचततर्फ डम्बरबहादुर श्रेष्ठ, मासिक ऋण तर्फ कबिता तामाङ, दैनिक ऋणतर्फ राजकुमार श्रेष्ठ, बाल बचतकर्तातर्फ रोमन ढुङगेल, नयाँपुल एकाइ बचततर्फ बद्रिबहादुर रिमाल, नयाँपुल एकाइ ऋणतर्फ देबी राउत, सर्व मावि जिलू एकाईतर्फ उत्कृष्ठ बचतकर्ता रामकाजी श्रेष्ठ, कुटीडाँडा मावि मकैबारी एकाईतर्फ उत्कृष्ठ बचतकर्ता रुपा भुजेल लाई सम्मान गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।