केपी ओलीलाई तिहारमा टिका लगाइदिने दिदी विष्णुमायाको निधन

 आवाज संवाददाता     १३ भाद्र २०७३, सोमबार
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई तिहारमा टिका लगाउने दिदी विष्णुमाया शिवाकोटीको ७६ वर्षकाे उमेरमा निधन भएको छ ।
लामो समय देखि फोक्सोको क्यान्सर पीडित शिवाकोटी दुई दिन अघि मात्रै नर्भिक हस्पिटलबाट घर फर्किएकी थिइन् । फोक्सोको क्यान्सर पिडित विष्णुमायाको भारतमा पनि उपचार भएको थियो ।
यस्तै, ललितपुरको हरिसिद्धि र नर्भिकमा समेत उनको उपचार गराइएको छोरा बालकृष्ण शिवाकोटीले जानकारी दिए । जेठा बालकृष्ण लगानी बोर्डका सदस्य हुन् । यस्तै, माइला छाेरा रमेश पशुपति विकास काेषका सदस्य छन् । विष्णुमायाको सोमबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
विष्णुमायाका ४ छोरा ७ छोरी छन् । यद्यपि, ११ सन्तान बालकृष्णका दुई आमाबाटका हुन् ।  पूर्व प्रधानमन्त्री ओलीले विगत लामो समय देखि दिदी बनाउँई टिका लगाउँदै आएका थिए । गत वर्ष मात्रै ओली प्रधानमन्त्री हुँदा विष्णुमायाले प्रधानमन्त्री निवास बालुवाटार पुगेरै ओलीलाई टिका लगाइदिएकी थिइन् ।
ओली स्वास्थ्य उपचारकै लागि थाइल्याण्डको बैंकक रहेका बेला विष्णुमायाको निधन भएको छ । ओलीले आफुलाई टिका लगाउने दिदीको अन्तिम सासबारे जानकारी लिन पाएनन् ।

हाम्राकुरा डटकम

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।