सरकारकाे गैरसंवैधानिक कदमकाे विराेधमा राप्रपा दोलखाद्धारा चरिकोटमा बृहत् सभा

 आवाज संवाददाता     २७ पुष २०७७, सोमबार

पुस२७, चरिकोट । सरकारले संसद विघटन गरेर गै¥ह संबैधानिक कदम चालेको भन्दै पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर राप्रपा दोलखाले साेमबार चरिकोटमा विरोध सभा गरेको छ ।

पृथ्वीनारायण शाहकाे स्मृतिमा राप्रपा दाेलखाले साेमबार विहान चियापान समाराेह समेतकाे अायाेजना गरेकाे थियाे ।

सातदोबाटोमा भएको बिराेध सभामा राप्रपाका नेताले सरकारले संसद विघटन गरेर संबैधानिक “कु”गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर शिबाकोटीले सरकारकाे संसद विघटन विरुद्ध दोलखामा राप्रपाले चरणबद्ध रुपमा आन्दोलन गर्ने बताए ।

जनता अहिले हिन्दूराष्ट्रको पक्षमा रहेको अागामी निर्वाचनमा राप्रपा बैकल्पिक शक्तिको रुपमा जनमत ल्याउने उनले दाबी गरे ।

कार्यक्रममा जिल्लाबाट केन्द्रमा रहेका नेता आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । विरोध सभा अघि राप्रपाले चरिकोट बजारमा सय भन्दा बढी संख्यामा मोटर साइक ¥याली निकालेको थियो ।

त्यस ¥यालीमा राप्रपाका नेता तथा कार्यक्रता सहभागि भएका थिए । राप्रपाले सभामा जिल्लाबाट आफ्ना नेता तथा कार्यक्रतालाई सदरमुकाम चरिकोटमा उतारेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।