राष्ट्रिय जनगणना २०७८ काे लागि करारमा ४७ हजार गणक तथा सुपरिवेक्षक माग

 आवाज संवाददाता     १२ माघ २०७७, सोमबार

रवीन्द्र गाैतम । दाेलखा

माघ १२, दाेलखा । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ काे लागि करारमा ४७ हजार गणक तथा सुपरिवेक्षक पदका कर्मचारी माग गरेकाे छ ।

आगामी २०७८ मा गरिने राष्ट्रिय जनगणनाकाे लागि देशभरबाट ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक गरि ४७ हजार कर्मचारी माग गरिएकाे हाे । माघ ११ आईतबारदेखि ६० दिन अर्थात २०७७ चैत ११ भित्र अनलाइनमार्फत आवेदन खुला गरिएकाे हाे ।

राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६ अनुसार ती करारमा ती कर्मचारी माग गरिएकाे केन्द्रीय तथ्यांक विभागले जनाएकाे छ ।

राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ काे दफा १३ बमाेजिमकाे याेग्यता पुगेकाे नेपाली नागरिकले आवेदन दिन सक्ने विभागले जनाएकाे छ । स्नातक तह वा साेसरह उत्तीर्ण गरेकाले सुपरिवेक्षक र गणक दुबैमा र १० जाेड २ वा साे सरह उत्तीर्ण गरेकाले गणकमा आवेदन दिन सक्ने जनाईएकाे छ ।

गणकले एक महिनाकाे करार नियुक्ति पाउने र १५ लिन ताेकिएकाे कार्यक्षेत्रमा खटिनु पर्ने छ । गणकले ६ दिनकाे तालिम पाउनेछन् र नेपाल सरकारकाे राजपत्रअनंकित द्वितीय श्रेणीका कर्मचारीले पाउने रकम बराबरकाे निश्चित रकम पाउने बताईएकाे छ ।

सुपरिवेक्षकले दुई महिनाकाे करार नियुक्ति पाउने र ७ दिनकाे तालिम १५ दिन तथ्यांक संकलन र १५ दिन गणककाे सुपरिवेक्षण गर्नु पर्ने हुन्छ र नेपाल सरकारकाे राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीले पाउने रकम बराबरकाे निश्चित रकम पाउने बताईएकाे छ । २०७७ चैत १ देखि ७ गतेभित्र प्रत्येक प्रदेश र जिल्लामा जनगणना कार्यालय खाेलिसक्ने जनाईएकाे छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।