संगठन विस्तारको लागि राप्रपा दोलखाले खटायो नेता, मेलुङ गाउँपालिका अध्यक्ष लामा राप्रपा प्रवेश

 आवाज संवाददाता     १५ माघ २०७७, बिहीबार

माघ १५, चरिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जिल्लाका ९ ओटै स्थानीय तह र ७४ ओटा वडा तहमा पार्टी संगठन विस्तारको लागि आफ्ना नेता खटाएको जनाएको छ ।

राप्रपा दोलखाले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी हप्तादेखि जिल्लाका सबै वडा र स्थानीय तहमा पार्टी संगठन विस्तारको लागि नेता खटाउने र त्यसको लागि स्थानीय तहअनुसारको संयोजक तोकेको जनाएको छ ।

राप्रपा दोलखाका संयोजक राजनबहादुर शिवाकोटीद्वारा जारी विज्ञप्तीअनुसार शैलुङ गाउँपालिकामा सोवित उप्रेती, गौरीशंकर गाउँपालिकामा सुन्दरप्रकाश खड्का, मेलुङ गाउँपालिकामा प्रविण थोकर तथा बलबहादुर केसी, भीमेश्वर नगरपालिकामा तीर्थबहादुर केसी, जिरी नगरपालिकामा राजनबहादुर शिवाकोटी, विगु तथा कालिञ्चोक गाउँपालिकामा विजय खड्का, तामाकोसी गाउँपालिकामा मोहन कार्की, बैतेश्वर गाउँपालिकामा भरत उप्रेतीलाई संयोजक तोकिएको छ ।

जनता समाजवादी पार्टी भेड्पु गाउँ पार्टी कमिटिका अध्यक्ष रामबहादुर लामा सो पार्टी परित्याग गरी बिहिबार नै राप्रपामा प्रवेश गरेकोले स्वागत गर्दै उचित जिम्मेवादी दिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राप्रपाको सक्रिय सदस्यता फारम फागुन १५ सम्म भरिसक्नु पर्ने, आगामी फागुन २७ देखि २९ गतेसम्म तीन दिवसिय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने राप्रपा दोलखाका संयोजक शिवाकोटीले जानकारी दिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।