दाेलखाबाट काठमाडौं हिँडेकाे बस सिन्धुपाल्चोक थुम्पाखरमा दुर्घटना, एक गम्भीर २० घाईते (नामावली)

 आवाज संवाददाता     २० माघ २०७७, मंगलवार

माघ २०, दाेलखा । दोलखाकाे बिगु गाउँपालिका-४, लादुकबाट काठमाडौं जाँदै गरेको राेल्वालिङ यातायातकाे बा३ख २७८९ नम्बरको बस सुनकाेशी गाउँपालिका-७, थुम्पाखरमा मंगलबार मध्यान्हमा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर २० जना घाइते भएकाे सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ । घाईतेमध्ये बलेफी गाँउपालिका-६ का वर्ष ३७ का सिताराम थापाको अवस्था गम्भीर रहेको प्रहरीकाे भनाइ छ ।

तिव्र गतीमा हुँईकिरहेकाे बस अचानक अनियन्त्रित भई सडक छेउमा पल्टिएको यात्रुहरूले जनाएका छन्। चालक फरार रहेकाे यात्रुहरूले बताएका छन् ।

घाईते हुनेमा अधिकांश दाेलखा जिल्लाका रहेका छन् । घाइते हुनेमा कालिञ्चोक गाउँपालिका–३, दोलखाका कुमार बस्नेत, गोकुलगंगा—४, रामेछापका शंकर नेपाली, बलेफी—६, सिन्धुपाल्चोकका सिताराम थापा, विगु—३, दोलखाका जंगबहादुर ठकुरी, विगु—४, दोलखाका भक्तबहादुर तामाङ, राेहित क्षेत्री, बलबहादुर तामाङ, करिश्मा नेपाली, मनिता नेपाली, सर्मिला ठकुरी, सुशिला खडका, कालिन्चोक—६, दोलखाका राेहन थामी, भीमेश्वर नगरपालिका—७, दोलखाका सर्द थामी, सुनापाती—४, रामेछापकी विन्दु लामन, चागुनारायण नपा, भक्तपुरका पाशाङ तामाङ र निरमाया तामाङ, गौरीशंकर—८, दोलखाका पदमबहादुर श्रेष्ठ, कालिञ्चोक—५, दोलखा तारा थापा, गोकुलगंगा—४, रामेछापकि सर्मिला नेपाली र गौरीशंकर—८, दोलखाकि सर्मिला तामाङ रहेकाे सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ । घाईते कतिपयकाे खाडीचाैरस्थित सदावहार अस्पतालमा उपचार भईरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।