आश्रित बालबालिकालाई न्यानो लुगा वितरण
आवाज संवाददाता २० माघ २०७७, मंगलवार
दोलखा, माघ २०
जिल्ला विपद् व्यवस्थापन कोष दोलखाले सदरमुकाम चरिकाटका विभिन्न ठाउँमा आश्रय लिई बसेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
चरिकोटमा जाडो बढ्दै गएसँगै कोषले गौरीशंकर बालगृह र आवाज नेपालमा आश्रय लिई बसेका ५१ जना बालबालिकाहरुलाई ब्लाङ्केट वितरण गरेको हो ।
कोषका तर्फबाट प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी र जिल्ला समन्वय प्रमुख डबल पाण्डेले हिजो गौरीशंकर बालगृहका ३१ जना बालबालिकाहरुलाई जनही ब्लाङ्केट वितरण गरेका हुन् ।
त्यसैगरी आज आवाज नेपालमा आश्रित २० जना बालबालिकाहरुलाई जिल्ला समन्वय प्रमुख डबल पाण्डे र प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले न्यानो कपडा, ब्लाङ्केट वितरण गरेका हुन् ।
आश्रित बालबालिकाहरुको आवश्यकताका आधारमा उनीहरुलाई न्यानो लुगा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले जानकारी दिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।