सिन्धुपाल्चोकका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम निकासा

 आवाज संवाददाता     १५ भाद्र २०७३, बुधबार

१५ भदौ, चौतारा । सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारलाई आवास गृह निर्माणका लागि हालसम्म चौतीस हजार २३८ जनालाई प्रथम किस्ता निकासा दिएको छ ।

प्रथम किस्ताबापत उनीहरुलाई ५० हजार रूपैयाँ उपलब्ध गराएको हो । विभिन्न १६ वटा बैंक शाखाबाट सो रकम निकासा दिएको कोष तथा लेखानियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक दिवाकर घिमिरेले बताए ।

जिल्लामा दुई नगरपालिका र ६८ गाविस रहेकोमा अहिलेसम्म दुई नगरपालिका र ५९ गाविसमा पुनःनिर्माणका लागि कुल ६५ हजार ८५९ जनासँग सम्झौता भएको छ ।

असार तेस्रो सातामा भोटेकोसीमा आएको बाढीले ठाउँ-ठाउँमा सडक भत्किएर आवागमनमा कठिनाइ भएपछि तातोपानी, लिस्तीलगायतका चार गाविसमा सम्झौता काम सुरु हुन सकेको छैन ।

हालसम्म १२ हजार ६८८ जनाको गुनासो दर्ता भएको जिल्ला विकास समितिले जनाएको छ ।Sindupalchowk

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।