राप्रपा सुन्द्रावतीका अध्यक्षमा पकुवाल

 आवाज संवाददाता     २७ माघ २०७७, मंगलवार

माघ २७, सुन्द्रावती । राष्ट्रिय प्रजातन्त्र पार्टी कालिञ्चोक गाउंपालिका वडा नं ९ सुन्द्रावतीका अध्यक्षमा शम्भु पकुवाल सर्वसम्मत भएका छन् ।
राप्रपा दोलखाले मंगलबार सुन्द्रावतीमा आयोजना गरेको गाउँ अधिवेशनले पकुवालको अध्यक्षतामा ९ सदस्यिय गाउँ पार्टी कमिटि गठन गरेको छ । सोही अवसरमा राप्रपा सुन्द्रावतीको कार्यालय समेत उद्धघाटन गरेको छ ।

समितिको उपाध्यक्षमा शुक्र थामी, सचिवमा सोम थामी, कोषाध्यक्षमा केदार ठकुरी, सदस्यहरुमा क्रमशः रामबहादुर ओली, निरप्रसाद पकुवाल, माधव शिवाकोटी, चन्द्रबहादुर थामी र रामशरण पकुवाल रहेको राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए ।

गाउँ अधिवेसनलाई राप्रपा केन्द्रीय सम्पादन समितिका विजय खड्का, राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटी, राप्रपा दोलखाका नेताहरु भानुभक्त शिवाकोटी, भाष्कर पाण्डे र शम्भु पकुवालले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।