दोलखा चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न
आवाज संवाददाता १ फाल्गुन २०७७, शनिबार
माघ,३०, दोलखा
दोलखा चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ। साधारण सभा चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष श्रेष्ठले दोलखा जिल्ला व्यवसायीक तथा उद्योग क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएको हुँदा जिल्लामा नयाँ खालका र उत्पादनमुखी उद्योग तथा व्यवसायमा लगानी गर्न दोलखाका व्यापारीलाई सुझाव दिएका थिए ।
आफ्नो दोस्रो साधारणसभाको अवसरमा दोलखाका ५ पत्रकारलाई चेम्बरले सम्मान गरेको छ। सम्मानित हुने हरुमा राजधानी दैनिकका पत्रकार दिपशंकर चौलागाईं, नेपाल टेलिभिजनकि मन्दिरा थापा, आर्थिक अभियान दैनिकका नवराज शिवाकोटी, कारोबार दैनिकका दिल बहादुर केसी, आर्थिक दैनिकका सुबास बस्नेत, तथा फोटो पत्रकार सुमन कार्कीलाई रहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख डवल पाण्डे,भिमेश्वर नगरपालिका मेयर भरत केसी,दोलखाका प्रमुख जिल्लाअधिकारी रमेश प्रसाद शिवाकोटी ,नेपाली काँग्रेस दोलखाका सचीव बालकृष्ण आचार्य, राष्ट्रिय प्रजातन्त्रपार्टी दोलखाका संयोजक राजन शिवाकोटी ,दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।
साधारणसभाले आगामी तीन वर्षकोलागी पुरानै कार्यसमितिलाई नीरबिरोध चयन गर्दै कार्य समितिति विस्तार गर्ने निर्णय गरेको चेम्बर अफ कमर्सका महासचिव पाण्डब सिङ पाण्डेले जानकारी दिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।