राष्ट्रिय प्रजातन्त्र पार्टी विगु गाउँपालिका वडा नम्बर ४ वडा समिति गठन
आवाज संवाददाता १ फाल्गुन २०७७, शनिबार
फागुन, १, विगु
राष्ट्रिय प्रजातन्त्र पार्टी विगु गाउँपालिका वडा नं. ४ मा बडा समिति गठन भएको छ ।
शनिवार सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको भेलाले किरण खड्काको अध्यक्षतामा १३ सदस्यिय वडा समिति गठन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता श्री बहादुर खड्काको सभापतित्वमा सम्पन्न भेलाले तोकेका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरुमा नवराज ठकुरी, विनोद खड्का र सम्वर कुमार मुक्क्तान रहेका छन् । यसैगरी सचिवमा कैलास खड्का, कोषाध्यक्ष सम्झना ठकुरी, सहसचिव मेत्तर विश्वकर्मा रहेका छन् भने सदस्यहरुमा बुद्ध तामाङ, यम्दार गुरुङ, राम खड्का, सोमबहादुर तामाङ, विक्रम खत्री र फुरसाङ तामाङ रहेका छन् ।
यसैगरी भेलाले धिरज खड्कालाई राष्ट्रिय यूवा मोर्चा विगु गाउँपालिका वडा नं. ४ को संयोजक तोकेको छ ।
साथै भेलाले ५ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा सुरेश खड्का, रविन्द्र ठकुरी, महेन्द्र हमाल, मदनबहादुर खड्का र श्री बहादुर खड्का रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संस्थापक नेता एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुन्दर प्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुन्दर प्रकाश खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सम्पादन समितिका सदस्य विजय खड्का, सुरेश खड्का, मेत्तर विश्वकर्मा, किरण खड्का लगाएतले भन्तव्य राखेका थिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।