विद्यालय तहकै विद्यार्थीलाई विपद् जोखिम सम्वन्धि पूर्वयोजना तालिम

 आवाज संवाददाता     ९ फाल्गुन २०७७, आईतवार

फागुन ९, चरिकोट । भीमेश्वर नगरपालिकावडा नं ३ र ६ मा विद्यालय स्तरीय विपद् व्यवस्थापन योजना तर्जुमा एक दिवशिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

यूरोपेली यूनियन मानवीय सहायता विभागको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूयनडिपि)सँगको साँझेदारीमा हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको नेपालको बहुप्रकोपिय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत भीमेश्वर नगरपालिका–३ र ६ मा एकदिवशीय विद्यालय स्तरीय विपद व्यवस्थापन योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

विपद सवैलाई सोधेर आउदैन त्यसैले विपदसँग सामना गर्न वा विपद हुन नदिनको लागि विपद योजनाआवश्यक पर्ने भएको हँुदा वडा नं ३ को कालिञ्चोक माध्यमिक विद्यालय र वडा नं. ६ को राईजिङ स्टार स्कलुका शिक्षक लगायत विद्यालयमा अध्ययनरत विभिन्न क्लब तथा स्काउट, जुनियर रेडक्रस सर्कल, बाल क्लबहरुमा आवद्ध ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस कार्यक्रममार्फत दुई वटै स्कुलको विपद् जोखिम व्यवस्थापन योजना निर्माण, बर्हिगमन मार्गको नक्साङ्कन हुनुको साथै विद्यार्थीहरुलाई सामान्य हिसाबको खोज उद्दार तथा प्राथमिक उपचार तालिम समेत प्रदान गरिनेछ । कार्यक्रमको अध्यक्षता गर्दै कालिञ्चोक माविका प्रध्यानाध्यापक नवराज न्यौपाने, राईजिङ स्टार स्कुका प्रध्यानाध्यापक उपेन्द्र अधिकारीले विद्यालयमा धेरै संख्यामा विद्यार्थीहरुको अध्ययन गर्न थलो भएको कारण प्रत्येक विद्यालयमा विपद् व्यवस्थापन योजना आवश्यक रहेको र यस कार्यक्रमले विद्यालयको गुरुयोजनालाई समेत मदत पुग्ने गरी कार्यक्रम संचालन गर्न लागेकोले यस कार्यले विद्यालयको समग्र क्षेत्रमा महत्वपूर्ण सहयोग पुराउने धारणा व्यक्त गरे ।

कार्यक्रममा हुराडेक नेपालका अध्यक्ष उद्धवप्रसाद पोखरेलले कार्यशाला गोष्ठी विद्यालय केन्द्रित विपद् जोखिम योजना बनाउन फलदाई हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा यूयनडिपिका नगर प्राविधिक अधिकृत भेषबहादुर पराजुली, वडा नं ६ का अध्यक्ष नविन लामा, वडा नं ३ का वडा सदस्य रामवहादुर वस्नेत, भीमेश्वर नगरपालिका विपद सम्पर्क व्यक्ति ईन्जिनियर सुरेश राउत, भीमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । योजना तर्जुमा कार्यशाला गोष्ठी कार्यक्रम क्रियटिभ नेपाल हाउसका शारदा वस्यालले सहजिकरण गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।