राष्ट्रिय प्रजातन्त्र पार्टी मेलुङ गाउंपालिकाको अधिवेशन सम्पन्न रामबहादुर लामाको अध्यक्षतामा १५ सदस्यिय कमिटि गठन

 आवाज संवाददाता     १३ फाल्गुन २०७७, बिहीबार

फागुन १३, भेड्पु । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले संञ्चालन गरेको संगठन सुदृढिकरण अभियान तथा जिल्ला अधिवेशन तयारीको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी मेलुङ गाउंपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

विहिवार मेलुङ गाउंपालिका वडा नं. ४ भेड्पुको बुद्धचोकमा आयोजिल भेलाले रामबहादुर लामाको अध्यक्षतामा १५ सदस्यिय राप्रपा मेलुङ गाउं समिति गठन गरेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सम्पादन समितिका सदस्य प्रविणकुमार थोकरको प्रमुख आतिथ्यतामा भएको गाउं अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजनबहादुर शिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सम्पादन समितिका सदस्य विष्णु श्रेष्ठ, रामबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय युवा मोर्चा दोलखाका अध्यक्ष नवराज खड्का, उपाध्यक्ष सपन गोले, वालकुमार गोले तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सम्पादन समितिका सदस्य थोकरले गाउंपालिकामा भएको वेथिति र भ्रष्टाचारको विरुद्धमा राप्रपा मेलुङले शसक्त आन्दोलनको तयारीका लागि लाग्न राष्ट्रवादीहरुलाई आव्हान गरेका थिए । जिल्ला संयोजक शिवाकोटीले आजको अधिवेशनवाट मेलुङ गाउंपालिकामा आगामि स्थानीय निर्वाचनमा राप्रपाको सिद्धान्तको विजयको संखघोष भएको वताउंदै आगामी निर्वाचनको आम नागरिको घरघरमा पुग्न तथा पार्टीको एजेण्डा स्थापितका लागि लाग्न आग्रह गरेका थिए ।

भेलाले रामबहादुर लामाको अध्यक्षतामा १५ सदस्यिय गाउं समिति गठन गरेको छ । समितिका सदस्यहरुमा दोर्जे लामा, पुष्प गोले, राजकुमार थोकर, जीवन गोले, रामजी अधिकारी, दलबहादुर अधिकारी, प्रविण गोले, टिकाबहादुर गोले, रविन गोले, गोपाल राय, लोकबहादुर राय र कृष्णबहादुर तामाङ रहेका छन् ।

त्यस्तै मेलुङ गाउंपालिका वडा नं. ४ भेड्पुको भेलाले वालकुमार गोले तामाङको अध्यक्षतामा २१ सदस्यिय वडा समिति गठन गरेको छ । समितिका उपाध्यक्षहरु लालबहादुर अधिकारी र डिल्लिबहादुर थापा सचिव नारायण थोकर सहसचिव भरतबहादुर थोकर कोषाध्यक्ष पेमाकुमारी अधिकारी सहकोषाध्यक्ष हस्तकाजी श्रेष्ठ रहेका छन् । भने सदस्यहरुमा हरी अधिकारी, कोपिला अधिकारी, लक्ष्मी कार्की, नरकुमारी अधिकारी, प्रवेश गोले, टुल्के तामाङ, राजेन्द्र तामाङ, शंकर खड्का, रोसन श्रेष्ठ र राजु विक रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।