चौथो साधारण सभामा चारजना सम्मानित

 आवाज संवाददाता     २७ फाल्गुन २०७७, बिहीबार

दोलखा, फागुन २७
भीमेश्वर वितरक संघ दोलखाले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको छ । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका हुन् ।
साधारणसभाको उद्घाटन गर्दै दोउबासंघका अध्यक्ष श्रेष्ठले दोलखा जिल्लामा पर्यटन लगायतका थुप्रै सम्भावना भएकोले सार्वजनिक निजी क्षेत्रको साझेदारीमा काम गर्नुपर्ने बताएका छन् । उपभोक्ता हीतका लागि वितरक संघले निर्वाह गरेको भूमिकाको अध्यक्ष श्रेष्ठले सराहाना गरे ।
वितरक संघले चौथो साधारणसभाको अवसरमा संघलाई सहयोग पु¥याउने चारजनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा संघकै सल्लाहकार दिनेश बस्नेत, संघका पूर्वअध्यक्ष विवेककुमार खत्री, शिवलाल चौलागाई र आनन्द थापा रहेका छन् । कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
संघका महासचिव राजकुमार खड्काले करिब साँढे २ लाखको आयव्यय विवरण प्रस्तुत गरेका छन् । संघका अध्यक्ष सुरेन्द्रबहादुर उप्रेतीको अध्यक्षतामा सम्पन्न सभामा संघका विशेष अतिथि दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठ, भगवान बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।
शिवरात्रीको दिन पारेर खोरथली पिकनिक स्पटमा सञ्चालन गरिएको साधारणसभासँगै पिकनिकको समेत आयोजना गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।