नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको एकता भेला

 आवाज संवाददाता     १५ भाद्र २०७३, बुधबार

भदौ १५, काठमाडौं । नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको संयुक्त राष्ट्रिय एकता भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले शिव सुवेदीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको प्रथम उपाध्यक्षमा नाम्गेल मोक्तान, दिप्तीय उपाध्यक्ष नवराज खड्का, तृतीय उपाध्यक्षमा बालकुमार मल्ल निर्वाचित भएका छन् ।

महासचिवमा भगरिथ तिमिल्सिना, सचिवमा मंगल शाही, जीवन शाही र मनोज तामाङ, कोषाध्यक्षमा जगन्नाथ गिरी निर्वाचित भएका छन् ।
भेलाको उद्घाटन गर्दै उर्जामन्त्री जनार्दन शर्माले गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिएका छन । देश विकासका लागि निर्माण व्यवसायीको महत्वपूर्ण योगदान हुने भएकाले राज्यले व्यवसायीलाई बिर्सन नसक्ने बताएका छन ।

सोहि उद्घाटन भेलामा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले निर्माण व्यवसायीको समस्या समाधानका लागि आफू लागि पर्ने बताइन ।

नवनिर्वाचित प्रथम उपाध्यक्ष नाम्गेल मोक्तानले भेलाले देशभरका निर्माण व्यवसायी एकजुट भएर निर्माण क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउनुको छ । साथै यस संगठन देशभरीका प्रगतिशिल, देशभक्त र गणतन्त्रवादी निर्माण ब्यबसायीहरुको साझा संगठन  रहेको समेत मोक्तानले बताउनु भयो ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।