
-
राजन शर्मा¸दोलखा
लेख लेख्न त्यति जाँगर कहिल्यैै लागेन । एकजना साथी, ऊ प्रायः अनलाइन तथा कहिलेकाहीँ छापा मिडियामा लेख लेखिरहन्छ, ले मलाई ज्यादै कर गरिरहन्थ्यो लेख्न । म भने अल्छी । लेख्न थाल्यो पूरा नगर्ने । टपिक चुज ग¥यो, अर्कातिर ध्यान जाने । त्यसमा पनि मलाई साहित्य कम मन पर्ने । लेख्न पनि कहाँ सजिलो छ र । नसक्ने पनि । राजनीति कुरा बिसाऊँ ‘जब’को नेचरले पनि नमिल्ने । सरकारी कर्मचारी राजनीतिमा उल्टा सुल्टा गफ ठोक्न पनि मिलेन । त्यो बाहेक मेरो रुचीको विषय मिडिया, टेकनोलोजी, सामाजिक अवस्था, जेनेरेसन आदि थिए । एक दुई लेखमा त पुच्छरमा गएर ‘द राइटर लभ्स टु राइट अन टेक्नोलोजी एण्ड सोसल इन्जिनियरिङ’ पनि लेख्न भ्याएँ । यो मेरो परिचय थिएन मात्र रहर ।
यस मानेमा लेखनीमा मलाई सधैँ अल्झन आयो । अघि उल्लेखको गरिसकेँ राजनीति, सुरक्षा आदि आफूले गफ दिने विषय लेख्न नमिल्ने । साहित्य र कथा, फ्रिक्सन केही पनि आफू लेख्न नसक्ने । यी यावत समस्या छँदै थिए¸छन् । त्यति मात्र कहाँ हो र कपी लिएर लेख्न बस्यो, यो जमानामा पनि कसैले हातले लेख्छ । सिधै टाइप गर्ने भन्ने लाग्थ्यो । टाइप गर्न थाल्यो कहाँ यसरी हुन्छ र ? यस्तो खुरुरु आइडिया फुरिरहेछ । यति ढिलो चराले चारो टिपेजस्तो पल्याकपुलुक हेर्दै एक एक क्लिक टाइप । कसै गरे पनि नहुने । पहिलाको नेपाली उखान अल्छीले जति जैसीले जान्दैन (कम्युनल सोच नठान्दिनुहोला, म पनि जैसी नै हुँ) । यो मसँग मिलेको उखान र उपमा मात्र हो ।
यसअघि केही लेखहरु अंग्रेजीमा लेखेको थिए । अंग्रेजी जान्ने भएर पनि होइन । उही टाइप गर्न सजिलो । अनि आफैँले जानेको । किन किन मलाई आफ्नै नेपालीमा लेख्न मन परिरह्यो । आफ्नै भाषा पनि । आफ्नै बिम्व प्रयोग गर्न सकिने । बास्तवमा आफ्नो भाषाको एक्चुअल रिडरसिप पनि बढी हुने । यदि ‘पावर’ राइटअप भएमा म्यासेज पनि ड्युज जाने । आदि आदि फाइदा सोचेर पनि नेपालीमा लेख्छु । जसरी पनि लेख्छु भन्दै धेरै समय बिताए । कथा दोहोरी रह्यो छेपारोले मुडा तापेको । तर गर्न सकिएन ।
यो पटक मेरो लेख अलि फरक बनाउने नै सोचमा थिएँ । अलि फ्रेस, अर्गानिक, फ्याटलेस लेख लेख्ने हुट्हुटी चलिरह्यो । थाहा थियो कनेर लेखिँदैन । विचारमा कब्जियत छैन । तर पनि त थट फ्लस हुनुप¥यो नि । एउटा नमिल्ने अर्को नआउने, लेखनीबाट नयाँ उत्पादन खोज्नु थियो । मनमनै एउटा नयाँ आयाम लेख्नुप¥यो भन्ने सोचिरहेको थिएँ । यहाँ अरुका लागि हैन मेरा लागि मात्र नौलो भएकोले आयाम भनेको हुँ । खासगरी मलाई लेखाइलाई ब्लेन्डिङ गर्न मन थियो । मेरा दुईवटै अज्ञानी र भर्जिन लेखनीलाई मिसाएर एउटा अनौठो लेख बनाउने । न साहित्य न राजनीति । तर मलाई समाज लेख्न मन थियो । मलाई युवा पुस्ता लेख्न मन थियो । मलाई परिवर्तन¸ पुस्तान्तर, सोसिएल आर्टीफ्याक्ट सबै सबै लेख्न मन । तर यी सब लेखनीका काउकुती मात्र थिए ।
अचेल मेरा बसाई चरिकोट छ । सुन्दरताका हिसाबले म यसलाई नेपाल शरद भरमा दोस्रोमा राख्छु । धेरै साथीहरु सोध्नुहुन्छ कस्तो छ चरिकोट दोलखा । म प्रायःलाई मेरो छ महिना अघि घुसेको उत्तर दिन्छु । पोखरापछिको दोस्रो, राम्रो, रमाइलो, सुन्दर, गौरीशंकरको फेदमा, आदि आदि त्यसपछि थप गर्ने केही फ्रेजहरु थिए । घनिष्टहरुलाई त दोलखा घुम्न आउने निम्तो दिई नै सकेको थिएँ । म अचेल यहाँको पर्यटन विकासको ब्राण्ड एम्बेसडर जत्तिकै प्रचारमा व्यस्त छु । आफैँ पनि भ्याए जति घुम्न मस्त छु । किनकि ओखलढुङ्गालाई सिद्धिचरणले प्यारो भने जत्तिकै छ । मेरो लागि आज भोलि यो ।
यहाँ हाम्रो सरकारी भेटघाट चल्छ । सबै कर्मचारी । दिउँसोमा काम । थोर बहुत बजारका मित्र । बिहान गौरीशंकर हेर्दै सुरु भएको ‘राइट अफ वे’मा बनेको बाटोमुनिको कोरोना फ्रि चिया घुम्तीको चिया । साँझपख दारीबाजेको कफी । हाम्रो नित्य झैँ बनिसकेको छ । त्यसमा कोही बेला कालिन्चोक माविमा बनेको जेरी हामी सधैँ मिस गरी नै रहन्छौँ । एक जना छुटे फोन गरेर डाक्ने । सबै जुटेर खाने¸कोही फुटेर नखाने हाम्रो चलन छ । कोही बाहिर ननिस्के किन गुँड पसेको भन्ने ब्यंङ्ग्य चलिरहन्छ । नित्य यस्तैयस्तै छ ।
अचेल अलि समस्या छ । धेरै साथी दुर्गमको नम्बर पु¥याई सरुवा हुन थाल्नु भएकोले चरिकोट मौन लाग्छ । यहाँ कहिले केन्द्रको हावाका कारण राजनीतिक उथलपुथल पनि चल्छ । एउटा उखान पनि पुरानो बन्दै रहेछ ‘दोलखा हतपत तात्दैन तातेपछि सेलाउँदैन’। हैट । सुरुमा त डर नै लाग्दो । तर पूर्ण रुपमा त्यस्तो पनि हैन रहेछ । वास्तवमा दोलखा त न तातो न चिसो । यो त असाध्यै न्यानो पो रहेछ । गीत नै परिवर्तन गरिदिऊँ जस्तो । दोलखा त साँच्चिकै पो दोलखा नै रैछ !
आज दिनभर मैले काम कम गफ अलि बढी गरेँ । आज एकजना असाध्यै गफ मिल्ने साथी अफिस आउनुभयो । तीन चार पटक चिया थपी गफ्फियौँ । उहाँ हामीले स्कुलको नेपालीमा पढे जस्तो बहुमुखी प्रतिभाका धनी । पेशाले शिक्षक, कामले पत्रकार, तस्विर कैदको सौन्दर्यताका दृष्टिले फोटोपत्रकार, मानवअधिकार कर्मी, उपभोक्ता हितकर्र्मी, कति भ्याएको । विहान बेलुकी सँगसँगै त छँदै छौँ । दिनभर मैले जानेको मैले भनेँ, उहाँले पनि त्यही गर्नुभयो । मैले पनि सिकेँ । लाग्छ, उहाँले पनि सिक्नुभयो । हाम्रो ‘फ्रुटफुल’ भेट नै भयो । मैले मिडिया टेक्नोलोजीले ल्याएको प्रभावका बारेमा कुरा गरेँ उहाँले पनि रिलेटेड सब्जेक्ट, मिडिया फोटोग्राफी टेक्निक आदिका बारेमा । उहाँहरुले एउटा डकुमेन्ट्री बनाउनुभएको रहेछ । ‘छ्योतछ्योतदेखि च्छोरोल्पासम्म’ को यात्रा समेटेर । उहाँको पर्सनल युट्युब च्यानलमा देखाउनुभयो । त्यसो त उहाँले थुप्रै डकुमेन्ट्री बनाउनुभएको रहेछ । डकुमेन्ट्री मेरो पनि प्रिय विषय । यहाँका सुन्दर झरना, नागबेली कोशी (तामाकोशी), हिमालै हिमाल, सुन्दर जंगल, प्रसिद्ध कालिन्चोक तथा पसिना आई केही सङ्केत गर्ने भीमेश्वर, गाईखुरा मन्दिर लगायत आदि सबै ठाउँ समेटी दोलखा सेरोफेरोमा न्यारेटिभ स्टोरी बनाउन सके राम्रो हुने गफ ग¥यौँ । त्यो भन्दा अझ राम्रो बिगु, विगु गुम्वा, लप्ची, चीनसम्मको सिमाना, नाकडाडीँ पहाड सबै समेटेर दोलखाको फुल कभरेज डकुमेन्ट्री बनाउन सके प्रचार गफमा सीमित नहुने ठुलो चिन्ताका साथ गफ सकेका थियौँ ।
मलाई यहाँ चिन्ता भएको विषय फरक छ । मैले समाज लेखिन । यहाँको भाषा लेख्नै बाँकी छ । नेपालमा सूचिकृत भएका एकसय एकतीस भाषामा समेत नपरी अझ बाँकी रहेको ‘दोलखाली’ भाषी यहाँ पूर्ण जिउँदै छ । म आफू पनि लिङ्ग्युस्टिकको स्टुडेन्ट । भाषा नलेखी नसक्ने । कस्तो अचम्मको भाषा छ यहाँ । अध्ययन गर्न बाँकी छ । ‘नेवारी – शेर्पा’ टङ्गको भाषिका सायद भाषा परिवारमा ‘तिब्बतियन’ फ्यामिली । पूर्ण नेवारी पनि होइन शेर्पा पनि होइन । अध्येताहरुले यसलाई नेवारी परिवारमा पारेको हुन सक्छ । तर विल्कुल फरक । यहाँ बाहेक तौथलीका नेवारी समुदायले मात्र बोल्ने । एउटा अचम्मको भाषा, कुनै अध्ययन नगरिएको । अध्ययनका हिसाबमा एउटा भर्जिन सब्जेक्ट ।
लेखमा मैले अझ धेरै अन्याय त यहाँको हिस्ट्री, एन्थ्रोपोलोजी, सोसोलोजी रिलेटेड विषयलाई गरेको छु । यहाँ नेपालमा एक ठाउँमा मात्र वसोबास गर्ने जिरेल उल्लेख गर्न सकेको छैन । सुरीका सुरेल लेख्न सकेको छैन । भूगोलको रुपमा समेत जिरीसम्म लेख्न भ्याएको छैन । मैले भूगोलमा कालिन्चोक वर्णन गर्न सकेको छैन । त्यहाँ भएको न ब्राह्मण, न क्षेत्री, न जनजाती (बिचको बनावट देखिने) थामीहरु लेख्न सकेको छैन । उनीहरुको कल्चर, सोसल इन्जिनियरिङ देख्न र लेख्न सकेको छैन ।
मेरो लेख यो छैन, ऊ छैन मा सीमित छ । केबल छ त अपूर्ण छ । विषय गिजोलिएको छ । पात्रहरु उभ्याइएको छैन । कथानक भत्किएको छ । लेखाइका शिलशिला टुटेका छन् । अनि अनि अझै पनि पिकअप भएका विषयहरु कभरेज नभइ छुटेका छन् ।
त्यो भन्दा थप यहाँ समाज लेख्दा किरातीछाँप छ । किराँतहरुले राज्य गरी किल्ला बनाएको ठाउ (?) तर झन अचम्म छ । जिल्लामा मात्र हैन उक्त छापमा समेत किराँतहरू शून्य छन् । पाखा पखेराहरु छन् । यहाँ बोच छ अनि सुन्दर खोँच छ । मेरो लेखमा यसको वर्णन छैन । मलाई लेखनीमा दोलखालाई न्याय दिन नसकेकोमा चिन्ता छ ।
त्यसैले मैले मेरो लेखमा अझै विगु लेखेको छैन ।
चिन्ता यो छ यहाँ,
तपाईँ दोलखालीले अझै लप्ची देखेको छैन ।।
यहाँको सुन्दरताको ब्याख्या मेरो स्टोरीमा छुटेका छन् । मैले कुरी, सुन्दर डाङडुङे डाडा (फिल्म सिटी) , एकसय असी डिग्रीमा देखिने हिमाली रेन्ज, खरिढुंगा, गौरीशंकर (विगुका झरना केही लेख्न सकेको छैन । बस यति भन्छु आई ह्याव सेन्स्ड देम । वि ह्याव सेन्स्ड देम ।
वास्तबमा मेरो लेखनको कुरा गर्दा म सुन्दरता लेख्न नसक्ने मान्छे । विद्रुपता देख्न नसक्ने मान्छे । धेरै डुल्दा पनि देशका आन्तरिक भूगोल लेखिनँ । सारा डुलेँ तर त्यो सुन्दर रारा लेखिनँ । देश बाहिर पनि कजाक डुल्दा त्यो अलमाटी, युएसको इस्ट कोसको सुन्दरता, वेस्ट कोस्ट डुल्दा सानफ्रान्सिस्को, क्यालिफोर्निया, अल्कास्ट्रा, गोल्डेन ब्रिज, जापनिज बोटानिकल गार्डेन, सान्ताक्रुज केही लेखिनँ, त्यो भन्दा पारी समुद्रको बिचमा महिनौँ रहँदा सुन्दर वाईकीकी, जुरासिक पार्क सुटिङ हुन सक्ने द हवाइन आइल्र्याण्ड लेख्न सकिन । देखेका कति ओसोनियन कल्चर, डान्स, फिजियन टोङ्गा नाच¸कोकोनट कल्चरको अद्भुतता केही लेख्न सकिनँ । यही पूर्वमा पनि आग्रा ताज, परिवर्तनको प्रतीक नोयडा¸अद्भुत अक्षरधाम मन्दिर तथा उत्तरमा मण्डारिन र चीनीयाँ सभ्यताका ठाँउ र टिवटियन इतिहासको प्रत्यक्ष साक्षि¸ भृकुटीले घर गरी खाएको लासा तिब्बतियन फाट र पोतला पुरा घुम्दा त्यसलाई लेख्न सकिनँ । दुबै, कतार हेर्दा त्यहाँका हाइराइज बिकास लेख्न सकिनँ । म लेख्न सक्ने मान्छे पनि होइन । तर आज जबरजस्त लेखेको छु । मतलब यो हो, दोलखा नलेखी रहन सकिन । एकपटक घुम्नुहोस् यो ठाँउ । दोलखा नदेखी रहन सकिन्न ।
यहाँ लेखमा भारी विषय उठान गरेको छु । सम्बोधन हुन सकेको छैन थाहा छ न्यारेटिभ मोड अफ स्टोरी टेलिङबाट प्रभावित भएकोले आफ्ना गन्थन बढी पस्केँ । सरी नभने पनि अग्र प्याराग्राफमा उल्लेख गरेको छु । न साहित्य न राम्रो फ्रिक्सन । एउटा ब्लेन्डेड राइट अप । न फेद न टुप्पोको ।
तर यति थाहा छ, ईफ यु ह्याब लेफ्ट दोलखा विथ द सिनरिज अन आइज एण्ड माइन्ड, इट विल कल यु व्याक अगेन ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।