लामाबगरमा पहिरो, ७ बेपत्ता, ४ घर पुरिए

 आवाज संवाददाता     १६ भाद्र २०७३, बिहीबार

वर्षाका कारण बुधबार राती पहिरो जाँदा लामाबगर ४ छ्योत्छ्योतमा ४ घर पुरिएका छन् । पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् ।
छ्योतछ्योतबाट सिमीगाउँ जाने बाटो नजिक खोला छेऊमा गएको पहिरोले ४ घर पुर्ण रुपमा क्षति भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बिहिबार विहानैदेखि परिचालित भई उद्धारको कार्य जारी छ ।
खुट्टा भाँचिएर घाइते भएका एकजनालाई उपचारको लागि गाेँगर पठाइएकाे उनले जानकारी दिए । राती १० बजेतिर पहिरोको आवाज सुनिएको गौरीशंकरका मदन खड्काले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।